Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Tu questiojn paper nepali BA first year 2073 | question paper TU



Exam. 2073
Tu questiojn paper nepali BA first year
समय : ३ घण्टा        | पूर्णाङ्क : १००

१) तल दिइएको अनुच्छेदमा प्रयुक्त रेखाङ्कित पदहरू शुद्ध गरी लेख्नुहोस:

सरकारले भूकम्पमा भयेको मानव छेतिको मात्र नभई पशुपक्षी गुमाएका किसानलाई पनि यथोचित राहत ऊपलब्ध गराउनु आवसेक छ । अधिकाम्स पशुपक्षीको बिमा गरिएको छैन । भबिश्यमा यस्ता भवितव्य थाट किसानलाई राहत दिलाउन 'पशु र बालीमा बिमा कार्यक्रमलाई अनिवार्य बनाई परभावकारि रूपमा लागूनै गराउनु पर्छ।
अथवा
तलको अनुच्छेदमा रेखाङ्कित पदहरूको अक्षर सङ्ग्या छुट्याउनुहोस् :
पर्यटन एक क्रियाशील उद्योग हो । पर्यटन प्रबर्द्धन गर्नु र अनगिन्ती अवसरहरू सुजना गर्दै फाइदा लिन नयाँ नयाँ कार्यक्रमहरू आयोजना गर्ने, पर्यटकीय आकर्षणहरू थप्दै जाने, पर्यटकहरूलाई दिइने सेवा सुविधामा गुणात्मक सुधार गर्दै जाने, शान्ति सुरक्षामा सुधार जस्ता कुराको आवश्यकता पर्छ ।
२) कुनै दुई प्रश्नको उत्तर दिनुहोस्:
(क) (अ) तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरूको शब्द स्रोत छुट्याउनुहोस्ः ३
राजस्व मुलुकका हरेक व्यक्तिको साझा सम्पत्ति हो । मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि हरेक देशको सरकारले राजस्वलाई मुख्य स्रोतका रूपमा लिएका हुन्छन् । राजस्वमा विभिन्न तरिकाले मुंशी सङ्कल गर्ने काम गरिन्छ, जस्तै- केर, अनुदान, उपहार, मूल्य, दस्तुर, जरिबाना आदि ।
(आ) तलको अनुच्छेदमा प्रयुक्त शब्दहरूको पदबर्ग छुट्याउनुहोस्ः
सूर्यका बरिपरि ग्रहहरूका भ्रमण पथहरू र त्यस्तै ग्रहहरूका बरिपरि उपग्रहहरका पथहरू वृत्ताकार नभई अन्डाकार हुन्छन् । सूर्यको सबभन्दा नजिक परेको हुनाले बुधको भ्रमण पथ सबभन्दा साँधुरो छ र बुधलाई सबभन्दा ज्यादा गति वेगले घुम्नु परेको छ ।
ख) तलका अनुच्छेदका रेखाङ्कित शब्दहरूको अनौट प्रक्रिया देखाउनुहोस्ः
यदि नेपालको संविधानले मृत्युदण्डको कानुन बनाउन दिदैन भने बलात्कारमा जघन्य अपराधमा  मृत्युदण्डको विकल्प खोजिनु पर्छ र यसबारेमा बृहत् छलफल र बहस गरिनु पर्छ । यस विषयमा पीडितहरूबाट नै राय सल्लाह लिई बलात्कारीलाई कस्तो सजाय दिनु उपयुक्त हुन्छ भनी छलफल गरिनु अत्यावश्यक छ । समाजमा हराउँदै गएको अनुशासन, नैतिकता र विवेक अनि मौलाउँदै गएको दुव्र्यसनी र जोसुकैको हातमा पुगेको मोबाइलमा आउने अश्लील भिडियो नै पछिल्लो समयमा बालिका बलात्कारका घटना बढाउन प्रमुख जिम्मेवार भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । यसलाई नियन्त्रण गर्न सबै पक्षले सदैव चनाखो हुनु जरूरी छ ।
(ग) प्रश्न नं. २ 'क' र 'ख'मा प्रयोग भएका निम्नलिखित पारिभाषिक शब्दहरुकोसन्दर्भगत अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्ः
राजस्य, उपग्रह, संविधान, मृत्युदण्ड, अनुसन्धान ।।
३. कुनै दुइ प्रश्नको उत्तर दिनुहोस ः
क) आफ्नी बहिनकिो पढाइका कुराहरु समेटेर कम्तीमा पाँच कर्तृवाच्य वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
ख) अपूर्ण भूतकालिक क्रियापदकोप्रयोग गरी स्नातक तह प्रथम वर्षमा भर्ना भएको पहिलो दिन कलेज पुग्दा मनमा उठेको भावलाई समेटी कम्तीमा पाच वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस ।
ग) तलका वाक्यहरुलाई एउटै वाक्यमा संस्लेषण गर्नुहोस ः
प्रजातन्त्र जनताबाट सञ्चालित शासन व्यवस्था हो । प्रजातन्त्रमा जनता पूर्ण  रुपमा स्वतन्त्र हुछन र प्रजातन्त्रमा जनताको अधिकार सुनिश्चित हुन्छ । प्रजातन्त्रमा जनताको आर्थिक समृद्धि हुन्छ । प्रजातन्त्रलार्य विश्वमै उत्कृष्ट शासन व्यवस्था मानिएको छ ।
४. तलको तालिका दिइएको तथ्याङ्कलाई अनुच्छेदमा रुपातर गर्नुहोस ः


जनसङ्््ख्याको क्षेत्रगत विवरण
क्षेत्रको नाम
जनसङ्ख्या
प्रतिशत
पूर्वाञ्चल
५८,११,५५५
२१.९३
मध्यमाञ्चल
३६,५६,९८५
३६.४५
मध्यमाञ्चल
४९२६७६५
१८.६०
मध्य पश्चिमा१चल
३५४६८८२
१३.३९
सुदुर पश्चिमाञ्चल
२५५२५१७
९.६३
अथवा
तलको अनुच्छेदमा दिइएका सुचाङ्कहरुलाई स्तम्भचित्रमा रुपान्तर गर्नुहोस् ः
आदर्श माध्यमिक विद्यालयमा २०६१ सालदेखि २०६५ सालको शैषिक सत्रका कक्षा १० मा छात्रको भन्दा छात्राको सङ्ख्या बढी रहेको खेखिन्छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सङख्यालाई दृष्टिगत गर्दा २०६१ सालमा २३ छात्रा र २० छात्र , २०६२ सालमा २७ छात्रा र २१ छात्र अनि २०६३ सालमा ३१ छात्रा र २२ छात्र रहेका देखिन्छन् । त्यसै गरी २०६४ सालमा ३३ छात्रा र २४ छात्र अध्ययनरत रहेका देखिन्छनु भने २०६५ सालमा ३२ छात्रा र १८ छात्र रहेका देखिन्छन् ।
५. तल दिइएको अनुच्छेदका रेखाङ्कित शब्दहरुले अनुच्छेदभिधको संरचनामा के कस्तो व्याकरणिक संसक्ति सम्बन्ध निर्देशन गरेका छन । स्पष्ट पार्नुहोस ः
स्वास्थ्य नै मानिसको सम्पति हो । यसले मानिसलाई दीर्घजिवी बनाउँछ । यसो हुदा मान्छेले जस्तोसुकै काम पनि गर्न सक्तछ । तसर्थ मानिस स्वस्थ रहनु अनिवायृ छ । यति हुदा हुदै पनि मासि स्वास्थयपूति उदासिन रहन्छ ।
अथवा
तलको अनुच्छेदका जिज्ञासु र सज्जन शब्दका शब्द श्रृङखला र विपरीतार्थक एक एक शब्द दिई तिनले अनुच्छेदमा कस।री कोशीय संशक्ति सृजना गरेका छनर रु स्पष्ट पार्नुहोस  ।
कोकेटीमा अनौठो क्षमता हुन्छ । उनीहरुभित्र जिज्ञासु , चञ्चलता , छुकछुकेपन जसता प्रवृती हुन्छनु । उनीहरुले सज्जन र दुर्जन , सुख र खुख , असर र खराब छु्ट्याउने क्षमता त्यति राख्दैनन् । उनीहरुलाइृ त खानु , खेल्नु रमाउनृु जस्ता कुरामा नै बढी रुचि हुन्छ ।


६) तल दिइएको गद्यांश पढी गांशको अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्ः
ईष्र्याको सौत कुण्ठित प्रतिद्वन्दिता हुने हुँदा र प्रायः आइमाईहरूले विद्यमान परिस्थितिमा रनोग्नेमान्छेलाई आफ्नो प्रतिद्वन्द्वी ठान्नुपर्ने ज्यादै कम अवसरहरू आउने भएकाले स्वास्नीमान्छेहरूमा ईर्षा प्रायः आफ्नै लिङ्गका प्रति बढी भेटिन्छ । उनीहरूका निम्ति उपलब्ध सीमित स्रोतमाथि धेरैले निर्भर रहनुपर्ने अवस्था समाजमा भएका कारण पनि यो स्थिति छ । लोग्नेमान्छेको ईष्र्या भने पुरुषहरुमा भात्र सीमित नभएर आफूले चुनौती अनुभव गरेका नारीहरूप्रति पनि देखिन्छन् । तिनले ईष्र्यालाई प्रकट गर्ने शैली फरक हुन्छ। आइमाईहरू ईष्र्याको अभिव्यक्ति प्रायः कुण्ठित वचनद्रा गर्ने गर्दछन् अथवा शब्दमा अभिव्यक्त नगरे पनि तिनका सामान्य हड़भाउमा त्यो प्रतिविम्बित हुन्छ । पुरुषहरू ईष्यको अभिव्यक्ति कम बोलेर, कम प्रकट गरेर तर ठोस कत्यद्वारा ने गर्दछन् । प्रायः गरी सामाजिक तथा राष्ट्रिय जीवनमा यो कुरा प्रष्ट अनुभव गर्न सकिन्छ । नारीहरूलाई शोभाका रूपमा राखिने, नदिई नहुने निश्चित कौटाका पदहरूमा बाहेक जब साँच्चिकै प्रतिद्वन्द्रिताको कुरो आउँछ, पुरुषले सर्बप्रथम नारीको क्षमतामाथि नै प्रश्न उठाउँछन्, नारीका जीववैज्ञानिक समस्या, इसको ज्ञान र शैलीलाई न्यून महत्ता र न्यून गम्भीरताको प्रमाणित गरेर तिनलाई पाखा लगाउने उपाय गर्छन् । स्वास्नीमान्छे सधै लोग्नेमान्छेका अधीनमा बस्नुपर्छ भन्ने संस्कार र अहारका कारण स्वास्नीमान्छेहरूभन्दा तल रहेर काम गर्ने पुरुषहरूमा पनि प्रायः हीनताको भाव पैदा हुने गरेको भेटिन्छ र तिनले यस्तो स्थितिलाई त्यति रुचिकर ठानेको पाइँदैन् । यो स्थितिबाहेक दुई नारी-पुरुषका श्री रहेको स्वाभाविक आकर्षण र प्रेमको सम्बन्धको सन्दर्भमा तेस्रो व्यक्तिको उपस्थिति दुवै थरीका निम्ति ईष्र्थाको विषय बन्नु स्वाभाविकै हो।'
हामीकहाँ लोग्नेमान्छेले जार काट्ने चलन थियो । अचेल पनि जारीबापत पैसा असुल्ने चलन पश्चिम नेपालतिर प्रशस्त छ ! आफ्नी पत्नी तथा केटी साथीहरूकोअरू पुरुषहरूसँगको सम्बन्धका कारण ईष्यवश पुरुषहरू हिंसामा उत्रेका समाचारहरू - प्रायः सुनिन्छन् । यी सव लोग्नेमान्छेको अहङ्कारले सहन गर्न नसकेका ईष्यका
अभिव्यक्ति हुन् । पुरुषहरू आइनाईजस्तै गरी चुप लागेर आक्रोश दवाउन प्रायः बाध्य हुदैनन् । आक्रोश अभिव्यक्त भइसकेपछि त्यो ईष्य हुँदैन, हिंसा हुन्छ । आइमाईमाथिको आफनो स्वामित्व खण्डित हुन खोजेको अनुभव गर्नेबित्तिकै पुरूषको अहङ्कार घाइते हुन्छ र ऊ हिंसामा उत्रन्छ । समाजले त्यसलाई पुरुषार्थको संज्ञा दिन्छ, अन्यथा यही समाजले उसलाई नामर्द भन्छ । हिंसामा परिबर्तित ईष्र्या तत्काल निर्णायक हुन्छ । तर इंयाकै रूपमा मनभित्र बसिरहँदा त्यो जटिल बन्छ र व्यक्ति कुण्ठित र हीनता भावले पीडित बन्न पुग्छ ।
बोधप्रश्नहरू
(क) स्वास्नीमान्छेले त्यास्नीमान्छेकै ईष्र्या गर्नुको कारण के हो ?
(ख) लोग्नेमान्छे कसरी इय प्रकट गर्दछ ?
(ग) पुरुषले किन नारीको क्षमतामाथि प्रश्न उठाउँछ ?
पुरुषमा के कस्तो परििस्थतिले हीनता भाब पैदा गराइदिन्छ ?
(ङ) पुरुष हिंसामा उत्रने मुख्य कारण के हो ?


७) तलको गद्यांश पठी गद्यांशका अन्त्यमा सोधिएका बहुवैकल्पिक प्रश्नहरूको सही । उत्तरमा रेजा (} चिह्न लगाउनुहोस् :
व्यक्तिभित्रको उत्तेजना जागरण अथवा उत्सुकता नै संवेगात्मक अवस्था हो । यसले व्यक्तिको शारीरिक एवम् मनोवैज्ञानिक दुबै पक्षलाई प्रभाव पार्ने गर्छ । यस अवस्थामा व्यक्तिको व्यवहार, चेतना, अनुभब र अन्य सम्पूर्ण आन्तरिक क्रियाकलाप अध्यबस्थित हुने गर्छ । हुनत मानिसको जीवनमा संवेगको अत्यन्त ठूलो गात्त्य हुन्छ, यसका अभावमा जीवन नीरस र उजाड लाग्छ । संवेग जन्मावस्थादेखि नै देखिने गर्छ । जन्माबस्थामा केटाकेटीमा सुखद संवेग धेरै पाइन्छ तर वृद्धि र विकासको क्रमसंगै केही । संवेग कम हुँदै जान्छ भने केही संवेग हराएर जान्छ र साथै केही नयाँ संवेगको विकास हुने गर्छ । सोही अनुरूप संवेगात्मक प्रतिक्रियाहरू पनि स्पष्ट, विविध र व्यापक बन्ने गर्छ । केटाकेटीले सामान फ्याँकैर, लात्ती हानेर, आफूले आफैलाई टोकेर र अर्कालाई टोकेर रिस देखाउने गर्छन् । त्यसरी नै हाँसेर र नाचेर आफ्नो खुसी प्रकट गर्छन् भने रोएर, केही नबोलेर र उदास बनेर दुखकष्ट अभिव्यक्त गर्दछन् ।
केटाकेटीले देखाउने संवैगमा धेरैजसो सिकाइको भूमिका रहने गर्छ । आमाबाबु शिक्षक र साथीहरुले देखाउने व्यवहारलाई अनुकरण गर्ने गर्दछन् । वृद्धि र विकासका क्रममा केटाकेटीले आफूलाई आनन्द आउने संबेगलाई दोहो-याउँदै जान्छन् र अन्यलाई त्याग्दै जान्छन् ।
पाँच बर्षपूर्वको अवस्था संबेगपूर्ण अवस्था हो । यस समयमा केटाकेटीले अधिकांश क्षण आफ्नो व्यबहारलाई संवेगपूर्ण बनाउँछन् । उनीहरूले देखाउने संवेगात्मक व्यवहार ज्यादै सबल हुन्छन् । तर सामाजिकीकरणको विकाससँगै । केटाकेटीमा संवेग नियन्त्रण क्षमता पनि बिकास हुँदै जान्छ र त्यसलाई नियन्त्रण गर्न सिक्छन् । यसबेला केटाकेटीले देखाउने मुख्य संवेगहरू स्नेह, क्रोध, उत्सुकता, भय, शोक, ईष्र्या र खुसी हुन् । उस उमेरमा इच्छा पूर्ति नहुनु र इच्छा पूर्ति गर्न असमर्थ हुन नै संवेग उत्पन्न हुने प्रमुख कारण हुन् । उदाहरणका लागि आफूले पाउँदै आएको प्रेम आफ्नो सानो भाइ अथबा बहिनीको जन्मपछि उनीहरूमा सरेको आभास हुँदा ईष्य र भय संगो उत्पत्ति हुने गर्छ । त्यसरी नै आफ्ना खेलौनाबाट आनन्द लिई खेलिरहेका बेलामा खेलौना खोसिँदा अथवा खेल्न रोकिदिंदा रिस र शोक उत्पन्न हुन जान्छ । यस प्रकारका संवेगहरूले बाल व्यक्तित्व विकासमा प्रत्यक्ष असर पु-याउँछन् । तसर्थ केटाकेटीको संवेग जीवनलाई सन्तुलन र स्वस्थ कायम गर्नलाई विभिन्न प्रकारका क्रियाकलापमा सहभागी गराउन सकिन्छ । बोध प्रश्नहरूः
(i) संवेग बिना मानव जीवन कस्तो हुन्छ ?
(क) सरल र शान्त हुन्छ (ख) सुख र दुख दुवै कुराको अनुभव हुन्छ (ग) नीरस र उजाड लाग्ने खालको हुन्छ
(घ) जीवन ज्यादै सहज एवं सक्रिय हुन्छ
(ii) मानिसमा सुखद संवेग धेरै पाइने अवस्था कुन हो ?
(क) बाल्यावस्था (ख) युवावस्था (ग) अर्द्धयुवावस्था (घ) प्रौढावस्था
(iii) आफ्नो वृद्धि र विकासका क्रममा केटाकेटी के कस्ता कार्य गर्दछन् ?
(क) आफूलाई आनन्द लाग्ने संवेगलाई दोहोरयाई अन्यलाई त्याग्ने । (ख) आफूलाई प्रायः दुख एवं कष्टका अवस्थामा पु-याउने । (ग) आफ्ना साथीहरूसँग खेल्न बढी रूचाउने
(घ) आफ्ना भाइ बहिनीलाई दुख दिने 0
(iv) कुन अवस्थामा केटाकेटीले धेरैजसो क्षण आफ्नो व्यवहारलाई संवेगपूर्ण बनाउँछन् ?
(क) पाँच वर्षपछिको अवस्थामा (ख) युवावस्थामा प्रवेश गरिसकेका अवस्थामा (ग) सामाजिकीकरणको विकास भएको अवस्थामा (घ) पाँच वर्षपूर्वको अवस्थामा ।
(v) केटाकेटीको संवेग जीवनलाई सन्तुलन र स्वस्थ राख्न के गर्नुपर्दछ ?
(क) राम्राराम्रा खेलौनाहरू दिएर । (ख) विभिन्न प्रकारका क्रियाकलापमा सहभागी गराएर (ग) भाइ बहिनीसँग खेल्न लगाएर | (घ) आमाबाबुको माया पर्याप्त मात्रामा दिएर
८) प्रश्न नं.६ मा दिइएको पहिलो अनुच्छेदबाट मुख्य भावलाई समेटी पाँचवटा पुंदा टिपोट गर्नुहोस् ।
अथवा
प्रश्न नं.६ मा दिइएको दोस्रो अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस् ।
९)नेपाली समाजमा सामाजिक सद्भाव बढाउने उपायका बारेमा १५० शब्दसम्मको एक अनुच्छेद लेख्नुहोस् ।
अथवा
तल दिइएको हुँदासारका आधारमा एउटा अनुच्छेद लेखी शीर्षकसमेत दिनुहोस्ः
कविका इन्द्रिय तीक्ष्ण हुने - हामीले जीवनभर केही सौन्दर्य नदेखेका कुरामा कविले स्वर्ग देख्ने - हामीले सौन्दर्यको भकारी देख्दा कविले त्यहाँ सिर्जना देख्ने - कविले प्रकृतिद्वारा निर्माण हुने सौन्दर्यको वर्णन गर्नुपर्ने - प्रकृति कविको गुरू नभई शिष्य हुने - प्रकृतिको सौन्दर्यको कलात्मक बर्णन गर्ने कवि नै महान् हुने ।
१०)  तपाईंको गाउँ/टोलमा खानेपानीको उचित प्रबन्ध हुन नसक्दा त्यसबाट उत्पन्न समस्यातर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनका निम्ति कुनै राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।
अथवा
लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गरी शाखा अधिकृत पदमा नियुक्त भएकामा आफ्नो मिल्ने साथीलाई दिइने बधाई तयार गर्नुहोस् ।
११)  तल दिइएका शीर्षकहरूमध्ये कुनै एक शीर्षकमा ३०० शब्दसम्मको एउटा निबन्ध लेख्नुहोस् :
(क) मेरो जीवनको उद्देश्य
(ख) फेसबुकप्रति युवाबर्गको आकर्षण
(ग) वैदेशिक रोजगार : अवसर र चुनौती
१२. बन उपभोक्ता समितिले आयोजना गरेको बुक्षरोपण कार्यक्रमको उद्देश्यसँग केन्द्रित
कार्य सन्दर्भलाई समेटेर तयार पारिने प्रतिवेदनको नमुना लेख्नुहोस् ।


१३. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः
अ. तल दिइएको सूचनामा आधारित भई एक अनुच्छेदभा हरिभक्त कटुवालको परिचय दिनुहोस् । |


जन्म
:
वि.स. १२९२ असार १८ गते
जन्मस्थान
:
भोगिविल,आसाम
शिक्षा
:
पब्लिक हेल्थ इन्सपेक्टर (२०१३), असम गोर्खा सम्मेलनको प्रमुख
| (२०२५), नेपाल राजकीय एकेडेमीमा जागिरे| (२०२६), साझा प्रकाशनमा जागिरे (२०३०)।
सम्मान पुरस्कार
:
रोयल  नेपाल एकेडेमी पदक (२०२०), स्वर्ण पदक(२०२४)
सम्पादन
:
नेपाली साहित्य संस्कृति (२०१५), हिमालय (२०२०), प्रज्ञा २०२७), हिमानी (२०२७), संगीत सरिता
(२०२८), बान्की (२०२८)
प्रकाशित कृति
:
कविता सङ्ग्रह , सम्झना (२०१६), भित्री मान्छे बोल्न खोज्छ(२०१८), यो जिन्दगी खै के जिन्दगी ?
(२०२९), बदनाम मेरा आँखाहरू (२०४४), खण्डकाव्य : सुधा | | | (२०२५), कथा सङ्ग्रह : स्पष्टीकरण (२०३०), एकाधी संग्रह | म मरेको छैन
मृत्यु
:
वि.सं. २०३७ भदौ २५ गते, आसाम, भारत
आ. तल टिपोट गरिएका बुदाका आधारमा निबन्धकारं शारदा शर्माका, प्रवृत्तिहरूलाई एक अनुच्छेदमा लेख्नुहोस्ः
  • आधुनिक नेपाली निबन्धकार
  • २०५० को दशकपछि निबन्ध लेखनमा सक्रिय सशक्त नारी स्रष्टा
  • समाज, प्रकृति, राजनीति, अध्यात्म, दर्शन आदि विविध पक्षलाई विषयबस्तु बनाई निबन्धको रचना ।
  • नारीका पक्षमा विशेष जोड दिएर निबन्धको रचना
  • सामाजिक रूढि र अन्धविश्वासप्रति तीव्र आलोचना
  • प्राकृतिक सुन्दरता र भव्यताको चित्रण
  • नारी संवेदनाका विविध पाटाहरूको प्रस्तुति
  • नारीलाई मुख्य गरी प्रेम र मातृत्व कोणबाट हेर्दै सोही आधारमा नारी जीवनको मूल्य निरूपण
  • काव्यात्मक भाषाको प्रयोग
  • नेपाली साहित्यमा प्रभावशाली निबन्धकारका रूपमा स्थापित
  • महेश बिक्रम शाहको 'गाउँमा गीत गुन्जिदैनन्' कथाको मुख्य भावलाई एक अनुच्छेदमा लेख्नुहोस् ।


४. 'चुली' उपन्यासमा पाइने बिषयबस्तु र परिबेश बिचको तादात्म्य बारेमा प्रकाश पार्नुहोस् ।
| अथवा

‘सत्ताको खोजमा' एकाङ्कीका विषयबस्तुले नेपाली समाजमा नारीको के करतो सत्ता स्थापित गर्ने अपेक्षा निएको छ ? प्रकाश पार्नुहोस्

Comments

Popular posts from this blog

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of Microsoft word

माइक्रोसफ्ट वर्ड परिचय Introduction of Ms Word यो प्रोगाम अफिस प्याकेजभित्र पर्ने एउटा महत्वपुर्ण सफ्टवेर हो । यसको प्रयोग गरेर हामी विभिन्न किसीमका टाइपिङ्ग सँग सम्बन्धित कामहरु गर्न सकिन्छ । जस्तै क्वेशन पेपर टाइपिङ्ग , प्रमाणपत्र डिजाइन , डकुमेन्ट टाइपिङ्ग ,बायोडाटा , रीपोर्ट तयार पार्न ,  बुक डिजाइनिङ्ग सँग सम्बन्धित कामहरु गर्न जस्ता कयौ कामहरु गर्न सकिन्छ । सकिन्छ । यसको प्रयोग गरेर आवश्यकताअनुसारको अफिसियल डकुमेण्टहरु तयार पार्न सकिन्छ । माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण कार्यहरु (Some Important Task of Microsoft Word ) १) बिजनेस वा कार्यक्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग  यसको प्रयोग गरेर अफिसियल डकुमेण्ट , बिल , लेटरप्याड , निवेदन जस्ता पावरफुल कामहरु गर्न सकिन्छ । यसको प्रयोग गरेर अफिस तथा कुनै पनि व्यवसायसँग सम्बन्धित कार्यहरु सजिलै गर्न सकिन्छ । २) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग यो विशेषत शिक्षकहरुको अत्यन्तै उपयोगि सफ्टवेर हो । यसको प्रयोग शिक्षकहरुले आफ्नो लागि पाठयोजना तयार पार्न सक्छन । साथै विद्यार्थिहरुलाई सरल तरिकाले पढाउनको लागि सेप, वर्डआर्...

Introduction of computer

कम्प्युटरको परिचय  कम्प्युटर भनेको कुनै  पनि काम कार्यहरुलाई छिटो छरीतो ढङगले सम्पादन गर्न विकास गरिएको यन्त्र हो । यसलाई नेपालीमा सुसाङख्य यन्त्र पनि भनेर भन्ने गरिन्छ । यसको प्रयोग भनेको विभिन्न किसिमका क्षेत्रहरुमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग गरेर जस्तोसुकै डाटा एनालाइसिस , डिजाइनिङ , प्रोगामिङ जस्ता सम्पुर्ण कार्यहरु सजिलै गर्न सकिन्छ ।  Full Form of COMPUTER C= Common O= Oriented M= Machine P= Particularly U= United and used under T= Technical and E= Educational R= Research. कम्प्युटरका प्रकारहरु  आज बजारमा विभिन्न किसीमका कम्प्युटरहरु उपलब्ध छन । कुनै पनि क्षेत्रसँग सम्ब्न्धित साधारण देखि एकदमै शक्तिसाली सुपरकम्प्युटरसम्म बजारमा उपलब्ध छन । आजभोली पामटम कम्प्युटर , ल्यापटप कम्प्युटर , डेस्कटप कम्प्युटर , सुपर कम्प्युटर जस्ता विभिन्न कम्प्युटरहरु उपलब्ध छन । यिनिहरुको विभिन्न क्षेत्रमा आफ्नै तरिकाले प्रयोग हुने गर्दछ । जस्तै सुपर कम्प्युटरहरुलाई खोज तथा अनुन्धान , वा क्लाउड स्टोरेज जस्ता कार्यहरुमा प्रयोग गरिन्छ भने , पर्शनल डेस्कटप कम्प्युटरहरुलाई व्यक्ती...