Tu question paper Cumpulsary Nepali 2075 Exam 2075 समय : ३ घण्टा पूर्णाङ्क : १०० १. तल दिएको अनुच्छेदमा प्रयुक्त रेखाङ्कत पदहरू शुद्ध गरी लेख्नुहोस् : सन्सारको सुख अस्थाई पनि छ र अल्प पनि छ । यस सन्दर्भमा एकअर्कालाई दु:खी बनायेर नारी वा पुरुस को सुखी रहन सक्तैनन् । सृष्टीमा ती प्रतीदीन्दी होइनन्, पुरकहन । दुवै थरीको समानुपातिक विकासले तिनको व्यक्तित्व लाई पूर्णतातर्फ अग्रसर गराउछ । अथवा तलको अनुच्छेदमा रेखाकित पदहरूको अक्षर सङ्ख्या छुट्याउनुहोस् । इबोला सक्रमण भइसकेपछि निको पार्ने औषधी अहिलेसम्म निस्कन सकेको छैन तर यसको सङ्क्रमण भएपछि लाक्षणिक उपचार हुन्छ । इबोला सङ्कण नियन्त्रणका लागि विभिन्न खोप हरू लगाउने गरिएको भए पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको विश्व स्वास्थ्य सङ्गठनको ठहर छ । २. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : क) (अ) तलको अनुच्छेदका रेखाकत शब्दहरूको शब्द स्रोत छुट्याउनुहोस्ः निजी उत्पादन-प्रक्रियामा नाफाको भावना सर्वाधिक महत्वको विषय बन्दछ । जसरी भए पनि नाफा कमाउने उद्देश्यले उधमीहरू लागिपर्ने हुँदा अनावश्यक गठबन्धन गरी मूल्य बढाउने, सामानको गुणस्तर कम...