Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Ba first year cumpulsary nepali question paper 2075 , Tu (Tribhuban university question paper )



Tu question paper Cumpulsary Nepali 2075
Exam 2075
समय : ३ घण्टा पूर्णाङ्क : १००


१. तल दिएको अनुच्छेदमा प्रयुक्त रेखाङ्कत पदहरू शुद्ध गरी लेख्नुहोस् :
सन्सारको सुख अस्थाई पनि छ र अल्प पनि छ । यस सन्दर्भमा एकअर्कालाई दु:खी बनायेर नारी वा पुरुस को सुखी रहन सक्तैनन् सृष्टीमा ती प्रतीदीन्दी होइनन्, पुरकहन । दुवै थरीको समानुपातिक विकासले तिनको व्यक्तित्व लाई पूर्णतातर्फ अग्रसर गराउछ
अथवा
तलको अनुच्छेदमा रेखाकित पदहरूको अक्षर सङ्ख्या छुट्याउनुहोस् ।
इबोला सक्रमण भइसकेपछि निको पार्ने औषधी अहिलेसम्म निस्कन सकेको छैन तर यसको सङ्क्रमण भएपछि लाक्षणिक उपचार हुन्छ । इबोला सङ्कण नियन्त्रणका लागि विभिन्न खोपहरू लगाउने गरिएको भए पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको विश्व स्वास्थ्य सङ्गठनको ठहर छ ।
२. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् :
क) (अ) तलको अनुच्छेदका रेखाकत शब्दहरूको शब्द स्रोत छुट्याउनुहोस्ः
निजी उत्पादन-प्रक्रियामा नाफाको भावना सर्वाधिक महत्वको विषय बन्दछ । जसरी भए पनि नाफा कमाउने उद्देश्यले उधमीहरू लागिपर्ने हुँदा अनावश्यक गठबन्धन गरी मूल्य बढाउने, सामानको गुणस्तर कमसल तुल्याउने, सामान सुकाई कृत्रिम अभाव खडा गर्ने जस्ता काम उद्यमीहरू गर्ने गर्दछन् । यसबाट खास गरी गरिब उपभोक्ताहरू बढी मारमा पर्ने गर्दछन् ।
(आ) तलको अनुच्छेदका रेखाकित शब्दहरूको पदवर्ग छुट्याउनुहोस् ।
सुर्ती घातक हुन्छ भन्ने कुरा सर्वविदितै छ । वास्तवमा लामो अवधिसम्म सु सेवन गर्ने मानिसहरूमध्ये आधाजसो त्यसैको सिकार हुन्छन् । धुमपानबाट मानिसको दैनिक जीवनचर्या र स्वस्थ भएर बाँच्ने सामर्थ्य नष्ट हुन्छ ।
(ख) तलका अनुच्छेदका रेखाक्ति शब्दहरूको बनोट प्रक्रिया देखाउनुहोस् ।
साहित्यकारमा दर्शनको गाम्भीर्य र गहनता छैन भने उसको अभिव्यक्तिहरूमा परिपकवता आउन सक्तैन किनकि तो भाबुकतापूर्ण हुन्छन् । साहित्य केवल भावाभिव्यक्ति होइन न त्यो कलात्मक चमत्कार मात्र हो । साहित्यमा सत्य, शिव र सुन्दरको समन्वय हुनुपर्छ भन्ने प्राचीन आचार्यहरूको भनाइ छ । साहित्यकार दर्शनको उचाइमा नपुगी शाश्वत व्यक्त गर्न सक्दैन । सत्य व्यक्त गर्न सत्यको नजिक नपुगी सम्भव छैन । सत्य आफै सुन्दर भएकाले जहाँ सत्य छ त्यहाँ सौन्दर्य पनि छ । जहाँ सत्य, शिव र सौन्दर्यको सम्मिश्रण हुन्छ त्यहाँ साहित्य जन्मन्छ।
(ग) प्रश्न नं. २ 'क' र 'ख' मा प्रयोग भएका निम्नलिखित पारिभाषिक शब्दहरूको । सन्दर्भगत अर्थ खुल्नेगरी वाक्यमा प्रयोग गर्नुहोस् :
सङ्क्रमण, नियन्त्रण, खोप, शाश्वत, समिश्रण।
३) कुनै दुई प्रश्नको उत्तर दिनुहोस् :
क) छात्रवत्तिमा वाकटी पहन बगालादेश जान लार नभएका अना दाइलाई लगनशील भएर पझ्ने सल्लाह दिदै अनुरोधार्थक भावलाई समेटेर कम्तीमा पाँच वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् । \
ख)अशात भूतकालिक क्रियापदको प्रयोग गरी आफूले गर्न बिर्सको कुनै महत्त्वपूर्ण कामको स्मरण गर्दा मनमा उठेका भावनालाई समेटी कम्तीमा पाँच वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
ग) तलका वाक्यहरूलाई एउटै वाक्यना संश्लेषण गर्नुहोस् :
जीवनबहादुर सत्र वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएको थियो । उसले पल्टनमा राम्रोसंग तालिग गरेको थियो । ऊ जागिर गरेको पाँच वर्षमै कर्णेल भएको थियो । उसले परिवारका सबै सदस्यलाई विटेन लगेको थियो । ॐ भाग्यमानी लाहुरे हो।।
४) तलको तालिकामा दिइएको तथ्याङलाई अनुच्छेदमा रूपान्तरण गर्नुहोस् ।

सप्तर्षि विद्याश्रमका विद्यार्थीले अग्रेजीमा प्राप्त गरेचे अङ्क |
अङ्क
बिद्यार्थी सङ्ख्या
सञ्चित आवृत्ति
१० भन्दा तल
२० भन्दा तल
४+४=८
३० भन्दा तल
६+८‍=१४
१४
४० भन्दा तल
१४+१४=२८
२८
५० भन्दा तल
२८+१५=४३
४३
६० भन्दा तल
४३+२० = ६३
६३

अथवा ।
तलको अनुच्छेदमा दिएका सूपाइकहरूलाई हाम्भचिमा रूपान्तरण गर्नुहोस:
केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको एघारौं राष्ट्रिय जनगणना २०६८ को अन्तिम परिणामअनुसार नेपालको कुल जनसमा २,६४५४५०४ रहेको देधिन्छ । विवरणअनुसार पूर्वाञ्चलकौ जनसङ्ख्या ५८,११,५५५(२१.९३ प्रतिशत) रहेको, मध्यमाञ्चलको जनसंख्या १६.५६.९८५ (३६.४५ प्रतिश) रहेको अनि पश्चिमान्चलको जनसङ्ख्या ४९,२३, २५ (१८.६० प्रतिशत) रहेको देसिन आउँछ । त्यसै गरी मध्यपश्चिमाञ्चलको जनस्या ३५,४६,९८५ (१३.३९ प्रतिशत रहेको देखिन आउँछ भने सुदूरपश्चिमाञ्चलको जनसंख्या २५,५२,५१७ (९.६३ प्रतिशत रहेको देखिन आउँछ ।
५) तल दिइएको अनुच्छेदका रेखाइकित शब्दहरूले अनुच्छेदभित्रको संरचनामा के-कस्तो व्याकरणिक संसक्ति सम्बन्ध निर्देशन गरेका छन् ? स्पष्ट पार्नुहोस् ।
| धन्वन्तरि आत्रेयलाई वरलाई देखाउदै उसको आयु, आरोग्यता, ज्ञानको क्षमता, शीतलता आदिको विवेचना गर्न लगाए । किनभने त्यसभन्दा अगाडि आयको पोला | धन्वन्तरिले गर्न पाएका थिएनन् । तर आत्रेयको अहिलेको रिसिभी साने गुरुसंवा एक साँझ | बरको विशेषता के हो भनी सोधेका थिए । त्यही गजान परीक्षाको विषयलाई सम्झेर धन्तरिले आत्रेयलाई वरको परीक्षाको विकल्प दिएका थिए ।
अथवा
तलको अनुच्छेदमा आएको अध्ययनकर्ता' को समानार्थक र ‘विधया को विपरीतार्थक एक-एक शब्द दिई तिनले अनुच्छेदमा कसरी कोशीय संसक्ति सूचना गरेका छन् । स्पष्ट पार्नुहोस् । |
गार्गी, मैत्रेयी र सरस्वती वेदका विशिष्ट अध्ययनकर्ता हुन् । जीवनको उत्तरार्धमा यिनीहरू सबै विधवा थिए । सो बरा याज्ञवल्क्यले अदाब लाई उपदेश दिया सुनाए थिए ।
६) तल दिइएको गद्यांश पढ़ी गद्यांशको अन्त्यमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् : |
सूर्यकै अस्तित्वका कारण पृथ्बीमा मानव तथा पशुपक्षी र वनस्पतिको अस्तित्व रहेको छ । सूर्यकै कारण पृथ्वीमा सजीवता छाएको पनि छ । तापनि पृथ्वीमा बढ्दो बातावरणीय प्रदूषण (जल, स्थल, हावा, शनि) हरितगृह प्रभाद, अम्तीय वर्षा, हावापानीको प्रतिकूलता आदिले गर्दा पृथ्वीको तापक्रममा दिनानुदिन बाद्ध भइरहेको पाइन्छ । बढ्दो औद्योगिकरण, आधुनिक रासायनिक हातहतियारको उत्पादन, जैविक तथा रासायनिक औषधिको प्रयोग आदिले पृथ्वीको । ओजोन तहमा असर पर्न गई यसले सूर्यको विकिरण रोक्न सक्ने क्षमता गुमाउँदै गएको पाइन्छ । सूर्यबाट भएको पराबैगनिक किरणहरूलाई रोक्ने औजोन शहको निाका कारण आज पृथ्वीमा समस्त प्राणीले कठिन वातावरणीय स्थिति सामना गर्नुपरिरहेको छ । अनायास थइदो तापक्रम, हावापानीमा आएको परिवर्तन आदिले पृथ्वीबासीको संरक्षणमा मद्दत गर्नुको साटो नोक्सान पु-याई जीवनमा सङ्कट उत्पन्न गर्दछ ।
। त्यसैले तापक्रमप्रति देखा परेको असामाजिक अवस्थाको समाधान गर्नका लागि पृथ्वीवासी बेलैमा सजग तथा सक्रिय हुनु आवश्यक देखिन्छ । हामीले सौर्यशक्तिलाई उजांका रूपमा बदल्न सक्नुपर्दछ । सौर्यशक्तिलाई ऊर्जाका रूपमा प्रयोग गर्न सकेमा पृथ्वीवासीलाई सस्तो र भरपर्दो ऊर्जाको स्रोत मिल्ने मात्र नभएर वातावरणमा समेत सुधार आई सूर्यको उपस्थिति पृथ्वीवासीका लागि बरदानसिद्ध हुनेछ । तर यसको बेवास्ता गरियो र असन्तुलित रूपमा पृथ्वीको तापक्रम बढ्ने समस्याको सही समाधानबारे गम्भीर रुपमा सोधिएन भने यो एउटा अभिशाप भन्ने मात्र नभएर यसबाट सम्पूर्ण मानवजातिको संहारसमेत हुनेछ । त्यसैले समयमा नै आ-आफ्नो क्षेत्रबाट बुद्धि, विवेक र ज्ञान लगाई सोचिएन भने पृथ्वीवासीको जीवन कष्टकर र भयावह बन्न जानेछ।
बोधप्रश्नहरूः
(क) पृथ्वीना तापक्रम बढ्नुको कारण के हो ?
(ख) ओजोन तहलाई प्रभाव पार्ने तत्वहरू के-के हुन् ?
(ग) जीवनमा सकट उत्पन्न गराउने तत्त्वहरू के-के हुन् ?
(घ) सौर्यशक्तिलाई ऊजांका रूपमा प्रयोग गर्नाका फाइदा के-कस्ता छन् ?
(ङ) माथिको दोस्रो अनुच्छेदले दिने निचोड़ के हो ?
७) तलको गद्यांश पड़ी गांशको अन्त्यमा सोधिएका बहुवैकल्पिक प्रश्नहरूको सही उत्तरमा रेजा (ठिक) चिह्न लगाउनुहोस् ।
सुन्तला समशीतोष्ण क्षेत्रको फलफूल हो । किन्न जातको सुन्तला हलुका उष्ण जलवायुमा पनि फस्टाउँछ । जलवायुले बोटको वृद्धि गर्न, फल उत्पादन गर्ने, फुल्न एवम् फल लाग्न, फलको वृद्धि र परिपक्वता आउन, फलको गुणस्तर आदिमा असर पार्दछ । फुल्ने र फल लाग्ने समयमा तातो सुक्खा हाथा चल्न र बढी तापक्रम हन् हानिकारक छ । यस्तो मौसम भएमा फल भाई, फलमा दाग लाग्छ र बोक्रा फुट्छ । बढी सुक्खा वा पती आई जलधाय सुन्तलाको लागि अनुपयुक्त हुन्छ । कम वर्षा हुने क्षेत्रमा सिंचाइको व्यवस्था मिलाउनुपर्दछ । लामो समयसम्म तुषारो पर्नु वा तापक्रम शून्य डिग्री सेन्टिग्रेड भन्दा तल जानु सुन्तलाको बोट एवम् फलका लागि हानिकारक ठहरिन्छ । नेपालमा सुन्तला खेती करिव ५० मिटरदेखि १४०० मिटरम्मको उचाइ भएको पाइको उत्तरी मोहोडामा राम्रो भएको पाइन्छ।
सुन्तलाको जराले माथिल्लो भागबाट पोषक तत्व पाउने भएको हुँदा माथिल्लो भागको माटो मलिलो हुनु आवश्यक छ । जरा क्षेत्रमा कडापन नभएको कमसेकम एक मिटर गहिरो शुक्लौ दोमट किसिमको माटो यसको खेतीका लागि उपयुक्त हुन्छ । तल्लो भागमा पनि का माटो था चट्टान हुनहुँदैन । बगैंचामा पानी जम्नुहुँदैन तर माटोमा चिस्यान रहिरहनु आवश्यक छ, सुक्खा भएमा सिंचाइ गर्नुपर्छ ।
नेपालमा सुन्तलाको विरुया प्रायः बिद्वारा उत्पादन गरी लगाइन्छ । थरीथा लगाउने जमिनमा सरसफाइ र राम्रोसंग खनजोत गरी करिब ६७ मिटरको दुरी दुवैतर्फ राखी वर्गाकार वा त्रिभुजाकार वा गहा कान्ला तरिकाले रेखाइन गर्नुपर्छ । बिरुवा लगाउनुभन्दा एक महिना पहिले एक मिटर गहिरो र एक मिटर चौडा बाइल खनी एक डोको सडेको गोबर मल २ के.जी. हड्डीचूर्ण र सरानी माथिल्लो भागको माटोमा मिलाई खाडल पुर्नुपर्छ । रोग किरा नलागेको स्वस्थ बिरुवा विश्वासिलो नर्सरीबाट ल्याई जेठअसारमा सार्नुपर्छ । | सुन्तलाको बोटमा पात खन्ने किरा लाग्छन् । लाग्ने किरा लाग्छन् । सुल्सुले, पतेरो र गभारो जस्ता रोग पनि लाग्छन् । लाग्ने लाग्छन् । कत्ले किरा लाग्छन् । फलमा झिंगा लाग्छन् । लाइकिरा लाग्छन् । रोग लागेपछि हाँगाको टुप्पाका नयाँ पातहरूमा केही पहेंलो र केही भाग हरियो भई टाटेपाटे देखिन्छ । पातहरू साना हुन्छन् । रोगी पातहरू भर्छन् । नयाँ हाँगाहरु सिखा भई अन्तिममा सुक्छन् । बोटमा फुलहरू प्रशस्त लाग्छ तर प्रायः जसो झर्छ । फलाहरू धेरै साना रन्न् । फलमा रस कम हुन्छ । पाकेको अवस्थामा पनि भाको छ हरियो नै हुन्छ । फलको आकार एकनासको हुदैन फुल छोडाउँदा दुन्छि । बिउ फोया हुन्छन्। जराहरू प्रायः सुतेका हुन्छन् । नयाँ मुना पलाउँछ । फेरी मर्छ । बोट बने क्रम रोकिन्छ । अन्तमा पूरै बोट भर्छ।
प्रश्नहरू
i. सुन्तलाका लागि कस्तो धरातल उपयुक्त मानिन्छ ?
(क) पहाडको उत्तरी मोहोडा      (ख) पहाडको दक्षिणी मोहोडा
(ग) पहाडको पश्चिमी मोहोडा     | (घ) पहाइको यी मोहोडा
ii) तातो सुख्खा हावाले सुन्तलालाई कस्तो प्रभाव पार्दछ ? ।
(क) फल धेरै फल्छ । (ख) फल झर्छ
(ग) फल धेरै फल्दैन। (घ) बोट मर्छ
.
iii) सुन्तलाका लागि कस्तो माटो उपयुक्त मानिन्छ ?
(क) बलौटे माटो (ख) हिले माटो
(ग) दोमट माटो (घ) बलौटे दोमट माटो
Iv) यस गद्यांशको संरचना र सङ्गठन कस्तो प्रकारको छ ?
(क) नाट्यात्मक (ख) वर्णनात्मक
(ग) विश्लेषणात्मक (घ) समाख्यानात्मक
v) पहिलो अनुच्छेदमा प्रयोग भएको ‘आर्द्र जलवायु ले कैलाई बुझाउँछ ?
(क) तातो प्राकृतिक हावा (ख) चिसो हावा
(ग) न तातो न चिसो हावा (घ) पानीको मात्रा बढी भएको थायुको अवस्था
८) प्रश्न नं. ६ मा दिइएको पहिलो अनुच्छेदबाट मुख्य भावलाई समेटी पाँचऔटा श्रृंदा टिपोट गर्नुहोस् ।
अथवा
प्रश्न नं. ६ मा दिइएको दोस्रो अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस्
९) । 'भ्रष्टाचार, देशबिकासको मुख्य बाधक शीर्षकमा १५० शब्दसम्मको एक अनुच्छेद लेख्नुहोस् ।
अथवा ।
तल दिइएको श्रृंदासारका आधारमा एउटा अनुच्छेद लेखी शीर्षकसमेत दिनुहोस् :
मान्छेभित्र तृष्णा बलबानु हुन्जेल शान्ति सम्भव नहुने - तृष्णाको टुङ्गो छैन भन्ने कुरा बोध नगरी मन्छेलाई शान्तिको तीर्खा नलाग्ने-मान्छे शान्त भयो भने विश्वशान्तिको । गर्नुनपर्ने । मन शान्त रहन सके एटम बमहरू पनि शान्त हुने - पढेको सूचना शान्ति निम्ति पनि नहुने- एकान्तमा बसेर आँखा चिम्लँदा मन शान्त हुने-शान्ति अनुभव । कुरा ।
१०) तपाईका गाउँमा स्वास्थ्य चौकी नहुँदा त्यसबाट निम्तिएका समस्यातर्फ सम्बन्धित पक्ष ध्यानाकर्षण गराउनका निम्ति राष्ट्रिय पत्रिकाका सम्पादकलाई चिठी लेरुनुहोस् ।
अथवा
आफू अध्ययनरत क्याम्पसका तर्फबाट नयाँ वर्षको अवसरमा प्रकाशित गर्ने शुभकामना तय पार्नुहोस्।
११) तल दिइएका शीर्षकहरूमध्ये कुनै एक शीर्षकमा ३०० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
(क) मेरो राष्ट्रपतिले कर्तव्यए
(ख) इन्टरनेटको बढ्दो प्रयोग: फाइदा र बेफाइदा
(ग) खेलकुदः राष्ट्रलाई विश्वमा चिनाउने माध्यम ।
१२) आफू पढ्ने क्याम्पसले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमको उद्देश्यसँग केन्द्र कार्यलाई समेटेर तयार पारिने प्रतिवेदनको नमुना लेख्नुहोस् ।
१३) कुनै दुई प्रश्नको उत्तर दिनुहोस् ।
अ. तल दिइएको सूचनामा आधारित भई एक अनुच्छेदमा शङ्कर लामिछानेको परिवार
दिनुहोस् ।

जन्म
:
वि.सं. १९८४ चैत्र २५ गते
जन्मस्थान
:
जैसीदेवल, काठमाडौं ।
शिक्षा :
:
आई. एस्सी. सेवा
सेवा
:
गुठी अड्डाको खरिददार (२००६), नेपाल भारत साँस्कृतिक
केन्द्रका पुस्तकालयाध्यक्ष (२०१२), काव्य प्रतिानका सदस्य सचिव (२०१३), जनसैबा चलचित्र भवनका प्रबन्धक (२०१७), क्युरियो पसलका मालिक (२०१८), घरेलु शिल्पकला बिक्री भण्डारका मुख्य प्रवन्धक (२०२१) र शङ्कर होटेल ट्राभल एन्ड टुर्सका अधिकृत (२०३०)
पुरस्कार
:
मदन पुरस्कार (२०२४)
प्रकाशित कृति
:
प्रथम प्रकाशित निबन्ध : 'हाम्रो समाजमा नारीको मूल्य
(२००३), निबन्धसङ्ग्रहः 'एन्ट्रयाक्ट चिन्तन प्याज' { २०२४), गोधुली संसार (२०२७), 'बिम्ब प्रतिबिम्ब । २०२८), "शझन् लामिछाने' (२०३३) र 'शङ्कर लामिछानेको निबन्ध (२०५९) । कथासङ्ग्रह : 'गौथलीको
गुड' (२०२५) ।
मृत्यु
:
वि.सं. २०३२ माघ २४ गते


आ) तल टिपोट गरिएका बँदाका आधारमा कवि माधव घिमिरेका प्रवृत्तिहरूलाई एक अनुच्छेदमा लेख्नुहोस् :
  • स्वच्छन्दतादादी भावधाराका कबि
  • नेपाली प्रकृति र राष्ट्रिय संस्कृतिको सुन्दर वर्णन गरी कविता रचेका
  • देशभक्तिको भाव प्रखर रूपमा व्यक्त गरी कविता रचेका
  • राष्ट्रकविका उपाधिबाट सम्मानित
  • मानवतावादी कबि
  • रसवादी कवि छन्दमा मीठा-मीठा कविताहरू रचना गर्ने अद्भुत प्रतिभा भएका कवि
  • परिष्कृत र परिमार्जित भाषाशैलीका प्रयोक्ता
इ)  क्राषिराज बरालको ‘पछबरिया टोल' कथाको मुख्य भावलाई एक अनुच्छेदमा लेख्नुहोस्।
१४)  ‘चुली' पर्यावरणीय चेतनाका दृष्टिले नेपाली साहित्यको एक सफल उपन्यास हो । विवेचना गर्नुहोस् ।

| अथवा

‘पीड़ा आरोहण’ एकाङ्की पढिसकेपछि प्रयुक्त विषयवस्तु र त्यसले प्रस्तुत गरेको मुख्य भावको सान्दर्भिकता बारेमा प्रतिक्रियात्मक अभिव्यक्ति दिनुहोस् ।

Comments

Popular posts from this blog

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of Microsoft word

माइक्रोसफ्ट वर्ड परिचय Introduction of Ms Word यो प्रोगाम अफिस प्याकेजभित्र पर्ने एउटा महत्वपुर्ण सफ्टवेर हो । यसको प्रयोग गरेर हामी विभिन्न किसीमका टाइपिङ्ग सँग सम्बन्धित कामहरु गर्न सकिन्छ । जस्तै क्वेशन पेपर टाइपिङ्ग , प्रमाणपत्र डिजाइन , डकुमेन्ट टाइपिङ्ग ,बायोडाटा , रीपोर्ट तयार पार्न ,  बुक डिजाइनिङ्ग सँग सम्बन्धित कामहरु गर्न जस्ता कयौ कामहरु गर्न सकिन्छ । सकिन्छ । यसको प्रयोग गरेर आवश्यकताअनुसारको अफिसियल डकुमेण्टहरु तयार पार्न सकिन्छ । माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण कार्यहरु (Some Important Task of Microsoft Word ) १) बिजनेस वा कार्यक्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग  यसको प्रयोग गरेर अफिसियल डकुमेण्ट , बिल , लेटरप्याड , निवेदन जस्ता पावरफुल कामहरु गर्न सकिन्छ । यसको प्रयोग गरेर अफिस तथा कुनै पनि व्यवसायसँग सम्बन्धित कार्यहरु सजिलै गर्न सकिन्छ । २) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग यो विशेषत शिक्षकहरुको अत्यन्तै उपयोगि सफ्टवेर हो । यसको प्रयोग शिक्षकहरुले आफ्नो लागि पाठयोजना तयार पार्न सक्छन । साथै विद्यार्थिहरुलाई सरल तरिकाले पढाउनको लागि सेप, वर्डआर्...

Introduction of computer

कम्प्युटरको परिचय  कम्प्युटर भनेको कुनै  पनि काम कार्यहरुलाई छिटो छरीतो ढङगले सम्पादन गर्न विकास गरिएको यन्त्र हो । यसलाई नेपालीमा सुसाङख्य यन्त्र पनि भनेर भन्ने गरिन्छ । यसको प्रयोग भनेको विभिन्न किसिमका क्षेत्रहरुमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग गरेर जस्तोसुकै डाटा एनालाइसिस , डिजाइनिङ , प्रोगामिङ जस्ता सम्पुर्ण कार्यहरु सजिलै गर्न सकिन्छ ।  Full Form of COMPUTER C= Common O= Oriented M= Machine P= Particularly U= United and used under T= Technical and E= Educational R= Research. कम्प्युटरका प्रकारहरु  आज बजारमा विभिन्न किसीमका कम्प्युटरहरु उपलब्ध छन । कुनै पनि क्षेत्रसँग सम्ब्न्धित साधारण देखि एकदमै शक्तिसाली सुपरकम्प्युटरसम्म बजारमा उपलब्ध छन । आजभोली पामटम कम्प्युटर , ल्यापटप कम्प्युटर , डेस्कटप कम्प्युटर , सुपर कम्प्युटर जस्ता विभिन्न कम्प्युटरहरु उपलब्ध छन । यिनिहरुको विभिन्न क्षेत्रमा आफ्नै तरिकाले प्रयोग हुने गर्दछ । जस्तै सुपर कम्प्युटरहरुलाई खोज तथा अनुन्धान , वा क्लाउड स्टोरेज जस्ता कार्यहरुमा प्रयोग गरिन्छ भने , पर्शनल डेस्कटप कम्प्युटरहरुलाई व्यक्ती...