Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Introduction of Microsoft word

माइक्रोसफ्ट वर्ड परिचय
Introduction of Ms Word

यो प्रोगाम अफिस प्याकेजभित्र पर्ने एउटा महत्वपुर्ण सफ्टवेर हो । यसको प्रयोग गरेर हामी विभिन्न किसीमका टाइपिङ्ग सँग सम्बन्धित कामहरु गर्न सकिन्छ । जस्तै क्वेशन पेपर टाइपिङ्ग , प्रमाणपत्र डिजाइन , डकुमेन्ट टाइपिङ्ग ,बायोडाटा , रीपोर्ट तयार पार्न ,  बुक डिजाइनिङ्ग सँग सम्बन्धित कामहरु गर्न जस्ता कयौ कामहरु गर्न सकिन्छ । सकिन्छ । यसको प्रयोग गरेर आवश्यकताअनुसारको अफिसियल डकुमेण्टहरु तयार पार्न सकिन्छ ।
Image result for ms word logo
माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण कार्यहरु
(Some Important Task of Microsoft Word )
१) बिजनेस वा कार्यक्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग 
यसको प्रयोग गरेर अफिसियल डकुमेण्ट , बिल , लेटरप्याड , निवेदन जस्ता पावरफुल कामहरु गर्न सकिन्छ । यसको प्रयोग गरेर अफिस तथा कुनै पनि व्यवसायसँग सम्बन्धित कार्यहरु सजिलै गर्न सकिन्छ ।
२) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग
यो विशेषत शिक्षकहरुको अत्यन्तै उपयोगि सफ्टवेर हो । यसको प्रयोग शिक्षकहरुले आफ्नो लागि पाठयोजना तयार पार्न सक्छन । साथै विद्यार्थिहरुलाई सरल तरिकाले पढाउनको लागि सेप, वर्डआर्ट, रङ , तस्बिरहरुको प्रयोग गरेर आफ्नो कक्षालाई प्रभावकारी बनाउन सक्छन । साथै विद्यार्थीहरुको प्रश्नपत्र तयार पार्नेदेखि लिएर विभिन्न सुचना प्रकाशित गर्नको लागि पनि प्रयोग गर्न सक्छन । यसको प्रयोग गरेर विभिन्न किसीमको शैक्षिक सामग्री तयार पार्न सक्छन ।
३) घरायसी क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग 
घरायसी क्षेत्रले पनि यसलाई वृहत रुपमा प्रयोग गर्न सक्छन । जस्ते निमण्त्रणा पत्र , बर्थ डे कार्ड जस्ता बहुउपयोगी कार्यहरु इच्छुक व्यक्तिहरुले घरमै गर्न सक्छन । यसको प्रयोग गरेर आफ्नो र्दैनिकी पनि लेख्ने , क्यालेण्डर बनाउने जस्ता कार्यहरु आफ्नै कोठामा बसेर गर्न सक्छन ।

माइक्रोसफ्ट वर्ड जानिसकेपछि के गर्न सकिन्छ ? 
यो प्रोगाम चलाउन जानिसकेपछि तपाइले जस्तो पनि डकुमेण्ट तयार पार्न सक्नुहुनेछ । यो प्रोगाम चलाउन जानिसकेपछि तपाइले जागिर पाउने सम्भावना पनि बढछ । आजभोलि कुनै पनि क्षेत्रले न्युनतम कम्प्युटर बेसिक कोर्स सकेको कर्मचारी खोज्दछ । जसले गर्दा माइक्रोसफ्ट वर्डको जानकारी हुन अत्यन्तै आवश्यक  छ ।
 माइक्रोसफ्ट वर्डको प्रयोग गर्न जानिसकेपछि तपाइले गर्न सक्ने कुराहरु गर्न सक्षम बन्नुहुन्छ ?

  • सिभि बनाउन 
  • नोट बनाउन 
  • किताब  टाइप गर्न र  बनाउन
  • पत्रपत्रिकाको लागि टाइप गर्न र बनाउन  
  • कुनै पनि डकुमेण्टहरु सम्पादन गर्न 
  • पिडिएफ फाइल बनाउन । 
  • साथै अन्य पनि पावरफुल कामहरु 

माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण सटकट कि हरु (Shortcut key of Msword ) 
Shortcut                        Description
Ctrl + c = copy 
Ctrl +v = paste
Ctrl + f = find
Ctrl + H = replace
Ctrl + G = goto
Ctrl +s = save
Ctrl + O = open 
Ctrl + P = print 
Ctrl +X = cut 
Ctrl + Z = Undo 
Ctrl + Y = Redo 
Ctrl + A = Select All 
Ctrl + enter = new page Add
Ctrl + shift + > = increase font size 
Ctrl + shift+< = Decrease font size 
Ctrl + N = New 
Ctrl + B = bold 
Ctrl + I = Italic
Ctrl + u = underline
Ctrl + j = justify 
Alt + H + fc = font color 
Alt + H+4 = 5 = strikethrough
Alt + H+5= subscript
Alt + H+6= superscript 
Alt+h+u= bullet 
Alt+H+U = numbering 
Alt+N+T = Insert Table 
ALt+a+M = merge cells
ctrl + Shift +a = Uppercase
CTRL + shift + N = clear formatting
Ctrl + Shift + d = insert date 
Ctrl + k = hyperlink 
ALt + select = Hilight  vertically 
Ctrl + f2 = Print preview 
Shift + f7 = Thesauraus 
Ctrl + Shift + D = Double Underline 
Alt + Ctrl + C = insert copyright symbol 
Alt + Ctrl + T = insert Trademark Symbol 

Comments

Popular posts from this blog

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of computer

कम्प्युटरको परिचय  कम्प्युटर भनेको कुनै  पनि काम कार्यहरुलाई छिटो छरीतो ढङगले सम्पादन गर्न विकास गरिएको यन्त्र हो । यसलाई नेपालीमा सुसाङख्य यन्त्र पनि भनेर भन्ने गरिन्छ । यसको प्रयोग भनेको विभिन्न किसिमका क्षेत्रहरुमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग गरेर जस्तोसुकै डाटा एनालाइसिस , डिजाइनिङ , प्रोगामिङ जस्ता सम्पुर्ण कार्यहरु सजिलै गर्न सकिन्छ ।  Full Form of COMPUTER C= Common O= Oriented M= Machine P= Particularly U= United and used under T= Technical and E= Educational R= Research. कम्प्युटरका प्रकारहरु  आज बजारमा विभिन्न किसीमका कम्प्युटरहरु उपलब्ध छन । कुनै पनि क्षेत्रसँग सम्ब्न्धित साधारण देखि एकदमै शक्तिसाली सुपरकम्प्युटरसम्म बजारमा उपलब्ध छन । आजभोली पामटम कम्प्युटर , ल्यापटप कम्प्युटर , डेस्कटप कम्प्युटर , सुपर कम्प्युटर जस्ता विभिन्न कम्प्युटरहरु उपलब्ध छन । यिनिहरुको विभिन्न क्षेत्रमा आफ्नै तरिकाले प्रयोग हुने गर्दछ । जस्तै सुपर कम्प्युटरहरुलाई खोज तथा अनुन्धान , वा क्लाउड स्टोरेज जस्ता कार्यहरुमा प्रयोग गरिन्छ भने , पर्शनल डेस्कटप कम्प्युटरहरुलाई व्यक्ती...