Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Introduction of Microsoft Powerpoint


माइक्रोसफ्ट पावरपोइन्ट एउटा अत्यन्तै बहुचर्चित प्रीजेन्टेसन ग्राफिक सफ्टवेर हो । हामी यसमा स्लाइडमा काम गर्ने गर्दछौ । यसको प्रयोग गरेर अत्यन्तै आकर्षक एनिमेशन , स्लाइड सो बनाउन सकिन्छ । यसको प्रयोग गरेर कुनै पनि मिटिङ , सेमिनार लाई अझै रोचक र प्रोफेशनल बनाउन सकिन्छ । हामी आफुले चाहेको सुचना सम्बन्धित व्यक्तिलाई अत्यन्तै रोचक शैलीमा स्पष्टरुपमा माइक्रोसफ्ट पावरपोइन्टको दिन सकिन्छ । हामी पावरपोइन्टमा फोटो , चार्ट , ग्राफिक , स्मार्टआर्ट , वर्डआर्ट , अर्गनाइजेशन चार्ट , क्लिप आर्टजस्ता कुराहरुको प्रयोग गरेर आवश्यकताअनुसारको स्लाइड सो तयार पार्न सक्दछौ । 


Image result for microsoft powerpoint logoहामी माइक्रोसफ्ट पावरपोइन्टको कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ ? 

१) शैक्षिक क्षेत्रमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग 
शिक्षाको क्षेत्रमा यसको प्रयोग दिनानुदिन बढीरहेको छ । यसको प्रयोग गरेर शिक्षकले कक्षालाई अझै रमाइलो बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने किताबका कुराहरुलाई विभिन्न टुलहरुको प्रयोग गरेर किताबको सैद्धान्तिक शिक्षालाई पनि अत्यन्तै रोचक बनाउन सक्छन । शिक्षकले कक्षामा प्रस्तुत गर्नुपर्ने च्याप्टरहरुलाई स्लाइडसो बनाएर विद्यार्थिको पढाइमा ध्यान केन्द्रित गर्न सक्छन । किताब मात्र विद्यार्थीलाई घोकाउदा विद्यार्थीमा पढाइप्रति रुचि घटने यथार्थ भएकोले यसको समाधानको लागि पनि पावरपोइन्टको प्रयोग गर्न सकिन्छ । अझ साना साना बालबालिकाहरुलाई त अक्षर रटाउनुभन्दा रङ , तस्बिर मन पर्ने कारणले गर्दा यसको शिक्षकले आफ्नो सृजनशिलता प्रयोग गरेर विद्यार्थीलाई पढाइप्रति आकर्षित बनाउन सक्छन । साथै यसलाई विद्यार्थिले पनि आफुले नबुझेको कुरालाई टपिक बनाएर यसको एनिमेशन प्रयोग गरेर अझ सरल तरिकाले बुझन सक्छन । 

२) ब्याबसायिक क्षेत्रमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग 
कुनै पनि व्यवसायलाई सफल बनाउनको लागि योजना , योजनाको कार्यान्वयन , मार्केटिङ्क स्ट्राटेजी जस्ता कुराहरुको आवश्यक हुन्छ । र पावरपोइन्टको प्रयोग विजनेश स्लाइडशो , व्यवसायको संरचना , मार्केटिङ योजना , योजनाको कार्यान्वयन जस्ता विषयहरुमा आकर्षक स्लाइडसो बनाउन सकिन्छ । यसमा पनि माइक्रोफ्ट वर्ड र एक्सेलमा जस्तै विभिन्न फरम्याटिङ्क अप्सनहरु हुने भएकोले चाहेको जस्तै डिजाइन बनाउन एकदमै सहज छ । कुनै पनि बिजनेश योजना बनाइसकेपछी त्यसलाई सबैले बुझने बनाउनको लागि पावरपोइन्टमा एनिमेशन बनाएर आकर्षक स्लाइड सो बनाउन सकिन्छ । साथै बिजनेश मिटिङ्क , सेमिनार जस्ता कार्यक्रमहरुमा पनि त्यहाँ प्रस्तुत गर्नुपर्ने कुराहरुलाई आकर्षक शैलिमा प्रस्तुत गर्न सकिन्छ । 

३) घरायसी कार्यमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग 
कुनै पनि गृहणीले आफ्नो बचेको समयलाई पावरपोइन्ट सिक्नमा प्रयोग गर्न सक्छन ।यसको प्रयोग गरेर विभिन्न अल्फाबेट , तस्बिरहरुलाई एनिमेशन दिएर आकर्ष बनाउन सक्छन । साथै आफ्ना बालबालिकाहरुलाई घरर्मै कुनै कुरा सिकाउनका लागि पनि पावरपोइन्टको प्रयोग गर्न सक्छन । साथै उनिहरुले आफ्नो महत्वपुर्ण फोटोहरुको स्लाइडसो पनि बनाउन सक्छन । र त्यो ब्याकग्राउण्डको स्लाइड सो मा आकर्षक संगितहरु पनि प्रयोग गर्न सक्छन । 

४) सरकारी कार्यालयमा माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग 
यसको प्रयोग गरेर सरकारी कार्यालयहरुले पनि राम्रो फाइदा उठाउन सक्छन । उनिहरुले त्यहा सेवाका लागि आउने सेवाग्राहीहरुको लागि एनिमेशन प्रयोग गरेर सेवाग्राहीलाई अझ कुनै पनि सेवा प्रयोग गर्नको लागि सहज बनाउन सक्छन । नागरिकता कसरी लिने , ड्राइभिङ्क लाइसेन्स कसरी प्राप्त गर्ने , जस्ता कुराहरुलाई प्रयोग गरेर स्लाइडसो बनाएर सम्पुर्ण सेवाग्राहीलाई ठुलो स्क्रिनमा देखाउन सक्छन । अझ उनिहरुले सम्बन्धित कार्यालयको हाकिमको फोटो र कार्यालय सँग सम्बन्धित फोटो प्रयोग गरेर सेवाग्राहीले खोज्न चाहेको सुचनालाई सहज रुपमा प्रस्तुत गर्न सक्छन । 

५) जागिर खोज्ने हरुको लागि माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग 
जागिर खोज्ने क्यान्डिडेटहरुले आफ्नो बायोडाटालाई आकर्षक स्लाइड सो बनाएर यसको प्रयोग गर्न सक्छन । उनिहरुले प्लसटु , एस इइ , स्नातकोत्तर , स्नातक तह कुन तहको पढाइ पुरा गरेका छन, यसको प्रमाणपत्रहरु प्रयोग गरेर त्यसको स्लाइडसो बनाएर अन्तवार्ताको क्रममा देखाउन सक्छन । आफ्ना जति पनि सिप र क्षमताहरु अनि तालिम हरुलाई पनि वर्डआर्ट , टेक्टबक्स , सेपहरुको प्रयोग गरेर अन्तर्वाता लिने मान्छेले बुझने तरिकाले यसको प्रयोग गर्न सकिन्छ । आफ्नो जति पनि कामको अनुभव छ , त्यी सम्पुर्ण कुराहरुलाई पनि स्लाइडसोमा लगाउन सकिन्छ । यसले गर्दा जागिर पाउने सम्भावना प्रवल रहन्छ । अन्तर्वाता लिने मानिस पनि त्यो स्लाइड सो देखेर प्रभावित हुन सक्छन । 

६) इन्टरनेटबाट पैसा कमाउनको लागि माइक्रोसफ्ट पावरपोइन्टको प्रयोग 
आजको २१ औ शताब्दिको युग भनेको प्रविधि र कम्प्युटरको युग हो । हामी कल्पना भन्दा बाहिरको कुरा कम्प्युटरको प्रयोग गरेर बनाउन सक्दछौ । माइक्रोसफ्ट पावरपोइन्टमा विज्ञ भैसकेपछि तपाईले इन्टरनेटको प्रयोग गरेर घरमै बसेर मनग्ये पैसा कमाउन सक्नुहुन्छ । तर यसको लागि तपाईभित्र मेहेनत गर्ने क्षमता हुनुपर्छ । मेहेनत गर्नुभएको खण्डमा तपाइले अरुको लागि राम्रो खालको विजनेश स्लाइड सो बनाइदिएर अमेरिकि डलरमा पैसा कमाउन सक्नुहुन्छ । आज कैयो मानिसहरुले माइक्रोसफ्ट पावरपोइन्टको स्लाइड सो बनाएर मात्रै मनग्ये आम्दानी गरिरहेका छन भने तपाईले पनि आट गर्नुभएको खण्डमा तपाईको घर खर्च चलाउने पैसा तपाईले यसबाट मजाले कमाउन सक्नुहुन्छ । यसको लागि तपाई भिडियो इडिटिङ्क सिकेर युटयुब च्यानल खोलेर आफ्नो भिडियो हरुलाई हाल्न सक्नुहुन्छ । जसको लागि तपाईलाई न्युक्लियस एकेडेमिले पुर्णरुपमा आवश्यक तालिम र सहयोग गर्नेछ । 

ActionShortcut Key
Switch between outline and slide viewCtrl + Shift + Tab
Insert a new slideCtrl + M
Duplicate the current sideCtrl + D
Increase font sizeCtrl + Shift + >
Decrease font sizeCtrl + Shift + <
Display the font dialog boxCtrl + T
Change caseShift + F3
Promote a paragraph in an outlineAlt + Shift + Left arrow
Demote a paragraph in an outlineAlt + Shift + Right arrow
Move selected outline paragraphs upAlt + Shift + Up arrow
Move selected outline paragraphs downAlt + Shift + Down arrow
Display outline heading level 1Alt + Shift + 1
Expand outline text below a headingAlt + Shift + +
Collapse outline text below a headingAlt + Shift + –
Collapse or show all text or headingsAlt + Shift +A
Show or hide the gridShift + F9
Show or hide the guidesAlt + F9
Run a presentationF5
Activate the pen tool during a showCtrl + P
Erase pen tool drawings during a showE
Turn off the pen toolEsc
Change the pen to a pointerCtrl + A
Hide the pointer or penCtrl + H
Move to the next hyperlinkTab
Make the screen go black during a showB
Make the screen go white during a showW
Stop or restart an automatic  showS
Return to the first slide1 + Enter
Group Items (with items selected)Ctrl + G
UngroupCtrl + Shift + G
During presentation, Go to slide numberSlide number + Enter
Move clockwise among panes
in Normal view
F6
Move counterclockwise among panes
in Normal view
Shift + F6
Copy formatting of selected shapeCtrl + Shift + C
Paste formatting only to another shapeCtrl + Shift + V
Insert hyperlinkCtrl + K
HelpF1
View the complete slide showF5
View the slide show from the current slide forwardShift + F5
SpellcheckF7
Opens Save As dialog boxF12
Stop the show. Press S again to restart the showS
End the slide showEsc

Comments

Popular posts from this blog

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of Microsoft word

माइक्रोसफ्ट वर्ड परिचय Introduction of Ms Word यो प्रोगाम अफिस प्याकेजभित्र पर्ने एउटा महत्वपुर्ण सफ्टवेर हो । यसको प्रयोग गरेर हामी विभिन्न किसीमका टाइपिङ्ग सँग सम्बन्धित कामहरु गर्न सकिन्छ । जस्तै क्वेशन पेपर टाइपिङ्ग , प्रमाणपत्र डिजाइन , डकुमेन्ट टाइपिङ्ग ,बायोडाटा , रीपोर्ट तयार पार्न ,  बुक डिजाइनिङ्ग सँग सम्बन्धित कामहरु गर्न जस्ता कयौ कामहरु गर्न सकिन्छ । सकिन्छ । यसको प्रयोग गरेर आवश्यकताअनुसारको अफिसियल डकुमेण्टहरु तयार पार्न सकिन्छ । माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण कार्यहरु (Some Important Task of Microsoft Word ) १) बिजनेस वा कार्यक्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग  यसको प्रयोग गरेर अफिसियल डकुमेण्ट , बिल , लेटरप्याड , निवेदन जस्ता पावरफुल कामहरु गर्न सकिन्छ । यसको प्रयोग गरेर अफिस तथा कुनै पनि व्यवसायसँग सम्बन्धित कार्यहरु सजिलै गर्न सकिन्छ । २) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग यो विशेषत शिक्षकहरुको अत्यन्तै उपयोगि सफ्टवेर हो । यसको प्रयोग शिक्षकहरुले आफ्नो लागि पाठयोजना तयार पार्न सक्छन । साथै विद्यार्थिहरुलाई सरल तरिकाले पढाउनको लागि सेप, वर्डआर्...

Introduction of computer

कम्प्युटरको परिचय  कम्प्युटर भनेको कुनै  पनि काम कार्यहरुलाई छिटो छरीतो ढङगले सम्पादन गर्न विकास गरिएको यन्त्र हो । यसलाई नेपालीमा सुसाङख्य यन्त्र पनि भनेर भन्ने गरिन्छ । यसको प्रयोग भनेको विभिन्न किसिमका क्षेत्रहरुमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग गरेर जस्तोसुकै डाटा एनालाइसिस , डिजाइनिङ , प्रोगामिङ जस्ता सम्पुर्ण कार्यहरु सजिलै गर्न सकिन्छ ।  Full Form of COMPUTER C= Common O= Oriented M= Machine P= Particularly U= United and used under T= Technical and E= Educational R= Research. कम्प्युटरका प्रकारहरु  आज बजारमा विभिन्न किसीमका कम्प्युटरहरु उपलब्ध छन । कुनै पनि क्षेत्रसँग सम्ब्न्धित साधारण देखि एकदमै शक्तिसाली सुपरकम्प्युटरसम्म बजारमा उपलब्ध छन । आजभोली पामटम कम्प्युटर , ल्यापटप कम्प्युटर , डेस्कटप कम्प्युटर , सुपर कम्प्युटर जस्ता विभिन्न कम्प्युटरहरु उपलब्ध छन । यिनिहरुको विभिन्न क्षेत्रमा आफ्नै तरिकाले प्रयोग हुने गर्दछ । जस्तै सुपर कम्प्युटरहरुलाई खोज तथा अनुन्धान , वा क्लाउड स्टोरेज जस्ता कार्यहरुमा प्रयोग गरिन्छ भने , पर्शनल डेस्कटप कम्प्युटरहरुलाई व्यक्ती...