Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

Introduction of Ms Access

Image result for ms access logoमाइक्रोसफ्ट एक्सेस डाटाबेस डेभलभमेन्ट को लागि प्रयोग हुने अत्यन्तै सरल र शक्तिशालि प्रोगाम हो । यो डेटाबेस एप्लीकेशन सफ्टवेयर को प्रयोग गरेर हामि कुनै पनि कम्पनि , संस्था आदिको धेरै भन्दा धेरै डाटा संकलन गर्न सक्दछौ । यसरी संकलन गरिएको सम्पुर्ण डाटालाई भविष्यमा कुनै पनि समयमा निकालेर जानकारी प्राप्त गर्न सकिन्छ । माइक्रोसफ्ट एक्सेसलाई हामि " Collection Of Database " पनि भनेर बुझन सक्दछौ । 

Objects of MS Access

  • Table
  • Query
  • Form
  • Report
  • Macros
  • Page
  • Module

टेबल: 

कुनै पनि RDBMSको लागि टेबल एउटा महत्वपुर्ण अब्जेक्ट हुन्छ । टेबलको प्रयोगद्वारा डाटालाई रो र कोलममा व्यवस्थापन गर्न सक्दछौ । विभिन्न किसिमको रेकर्डको को संकलनलाई नै टेबल भनिन्छ । 
"Table is a Collection of records " 

Query : 

हामिलाई साधारण भाषामा बुझनुपर्दा क्वेरीको मतलब (Questions of Dought  । यदि हामिलाई कुनै पनि कम्पनिको कुनै पनि मान्छेको बारेमा जान्न मन छ भने हामि उक्त कम्पनिको सम्बन्धित मान्छेलाई सोधेर जानकारी लिन सक्छौ , त्यस्तै कुनै पनि जानकारी प्राप्त गर्नको लागि सोधिएको प्रश्न वा सोधिने प्रश्न नै क्वेरी भनेर बुझन आवश्यक छ । 

एउटा डाटाबेश भित्र एक भन्दा धेरै टेबलहरु हुन्छ र त्यो टेबलहरुको बिचमा रिलेशनशिप create गरि सुचना प्राप्त गर्न सकिन्छ । हरेक टेबलभित्र केहि न केहि सुचना हुने भएकोले हामिलाई टेबलको पटक पटक प्रयोग गर्न गर्नुपर्दछ  ।Ms Access  मा कुनै पनि प्रकारको सुचना लाई अलग्गै टेबलको रुपमा पनि राख्न सकिन्छ र जब उक्त सुचनाको जरुरत पर्दछ तब अलग टेबलको रुपमा राखिएको उक्त टेबलभित्रको डाटालाई प्रयोग गर्न सक्दछौ । Ms Access मा यि सम्पुर्ण कुराहरु Queries कै द्वारा  Implement गरिन्छ । 

फर्म ः 

Ms Access मा यो माइक्रोसफ्ट एक्सेसको तेस्रो महत्वपुर्ण अब्जेक्ट हो । यसको प्रयोगद्वारा हामि डाटाको एक्सेस डाटाबेसमा स्टोर गर्न सक्दछौ साथै प्रिन्ट पनि गराउन सक्दछौ तर मुख्यतया एक्सेसको फर्म डाटा इनपुटको लागि नै हुने गर्दछ । 

रिपोर्ट ः 

आउटपुट प्राप्त गर्नको लागि हामि रिपोर्टको प्रयोग गर्ने गर्दछौ । रिपोर्ट डाटाको संगठित तरिकाबाट डिस्प्ले साथै प्रिन्ट गर्नको लागि प्रयोग गर्न सक्दछौ । 

म्याक्रो ः 
कुनै पनि कामलाई अटोमेटीक रुपमा सम्पन्न गर्नको लागि , फर्म , रिपोर्टको कन्ट्रोल्स मे कार्यक्षमता थप गर्नको लागि म्याक्रोको प्रयोग गर्ने गरिन्छ । जस्तै , यदि हामि कुनै फर्ममा एउटा कमाण्ड बटन लगाउछौ , अब हामि बटनको क्लिकलाई म्याक्रोमा लिन्क गराउन सक्दछौ । म्याक्रोमा त्यस्ता कमाण्डहरु समावेश गरिन्छ , जुन हामि काम हामि बारम्बार गरिरहन्छौ । यसरी कमाण्ड सेट गरिसकेपछि , सम्पुण कार्यहरु एउटा बटनमा क्लिक गर्नु बित्तिकै पुरा भैहाल्छ । म्याक्रोको प्रयोग फर्म , टेबल , रिपोर्ट आदिमा सजिलैसँग प्रयोग गर्न सकिन्छ । 

पेज 

पेजको अर्थ डेटाबेशको वेबपेज फम्र्याटमा Arrange गरेर हेर्नका लागि हुन्छ । यसको सम्पबन्ध डाटाबेस म्यानेजमेन्ट सँग हुदैन । 

मोडय्ुल 

मोडयुल युजरद्वारा डिफाइन गरिने ँFunctions , Subroutines  अथवा VBA Code मा लेखिनेGlobal Variables  को ग्रुप हो ,। यो अब्जेक्टको प्रयोग गरेर एक्सेस डाटाबेसलाई अझै शक्तिसालि बनाउन सकिन्छ ।तर यसको लागि VBA Codeजान्न अति नै जरुरी छ ।   

Comments