tu compulsary nepali quesiton paper 2074 , tu question paper 2074 nepali
Exam 2074 |
अमय : ३ घण्टा पूर्णाङ्क : १००
१. तल दिइएको अनुच्छेदमा प्रयुक्त रेखाङ्कित पदहरू शुद्ध गरी लेख्नुहोस् :
राजधानीमा थपिएका नयाँ धरहरूका सेफ्टी ट्याङ्की को चलन हराएर सिधै ढलमा जोड्ने र त्यो ढल प्रसोधन बिना वागमती, बिस्नुमती, मनोहरा लगायेत्का नदीमा भीषाउने चलन बढेपछि अनि अरू फेहोरफ्याँक्ने ठाउँ बन्न थालेपछि वागमतीको दुरगतीका दिन शुरु भएका हुन् ।
अथवा
तलको अनुच्छेदमा रेखाङ्कित पदहरूको अक्षर सङ्ख्या छुट्याउनुहोस् :
युवा उमेर आफैमा सङ्क्रमणको एउटा चरण हो । मनोसामाजिक र शारीरिक परिवर्तनसँगै त्यसले सामाजिक भूमिकामा पार्ने फरक, आर्थिक निर्भरताबाट स्वनिर्भरतातर्फ लग्नु पर्ने चुनौतीका माझ नेपाली युवाहरू दोहोरो नारको सङ्क्रमणबाट गुज्रिरहेका छन् ।
२) कुनै दुई प्रश्नको संक्षिप्त उत्तर दिनुहोस् :
क. (अ) तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरूको शब्द स्रोत छुट्याउनुहोस्ः ३
सानो तथा गरिब मुलुक भएकाले भौतिक तथा सामाजिक विकासका अबधारणा पुरा गर्न विदेशी मित्र राष्ट्र तथा युरोपेली आयोग जस्ता विकास कार्यमा लामो अनुभव सँगालेका सङ्गठनहरूबाट नेपालले सहयोगको अपेक्षा राख्दै आएको छ । त्यस्तै, नेपालको आफ्नै सीमित साधन र स्रोतबाट पनि यथासम्भव विकास प्रयास नभएको होइन तापनि वर्तमान विश्वमा आर्थिक तथा सामाजिक विकासमा जुन अवधारणा देखा परिरहेका छन् तिनलाई आत्मसात् गरी सोही अनुसार विकासको गति मिलाउन गम्भीर प्रयासहरू गर्नुपर्ने भएको छ । (आ) तलको अनुच्छेदमा प्रयुक्त शब्दहरूको पदवर्ग छुट्याउनुहोस्ः
देशको विकास गर्न संबिधान नै चाहिन्छ भन्ने के छ र ? शासकको इच्छाशक्ति र जनताको साथ एवम् सहयोग हुने हो भने मुलुकको सर्वाङ्गीण विकास हुन खासै समय लाग्दैन ।
ख. तलका अनुच्छेदमा रेखाङ्कित शब्दहरूको बनोट प्रक्रिया देखाउनुहोस्ः ।
साहित्य सिर्जनामा लेखकको व्यक्तिगत अनुभूतिको महत्वपूर्ण स्थान रहेको हुन्छ । लेखक वा कविले समाजभित्रै जन्म ग्रहण गर्ने हुनाले लेखकमाथि समाजको आचार व्यवहार, चालचलन, विचार विनिमय इत्यादि कुराको प्रभाव अबश्य पर्छ। र तिनकै भरले साहित्य सिर्जना गर्दा लेखकले आफ्नो काव्यको प्रकरण अनुसार आफ्नो अनुभूतिको चर्चा गर्छन् । दार्शनिक विषय लिएर काव्य लेखिएको भए त्यहाँ साधारण अनुभूतिले धेर ठाउँ नपाउला तर कविले जन्म लिएको समाजका दार्शनिकको विचारधाराले अवश्य स्थान पाउँछ ।
ग, प्रश्न नं २ 'क' र 'ख' मा प्रयोग भएका निम्नलिखित पारिभाषिक शब्दहरूको से दर्भगत अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:
अवधारणा, संविधान, अनुभूति, विनिमय, विचारधारा ।।
३. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् :
क) डिभी परेर विदेशमा बसोबासका लागि जान लाग्नु भएका आफ्ना काकालाई स्वदेशमै बस्ने सल्लाह दिदै अनुरोधार्थक भावलाई समेटेर कम्तीमा पाँच वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
ख) अभ्यस्त भूतकालिक क्रियाको प्रयोग गरी बाल्यकालका रमाइला दिनहरूको स्मरण गर्दा मनमा उठेको भावलाई समेट्री कम्तीमा पाँच बाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
ग. तलका वाक्यहरुलाई एउटै बाक्यमा संश्लेषण गर्नुहोस्ः
बस्तीबाट नजिक एउटा ठूलो पोखरी छ । पोखरी निकै गहिरो छ । पोखरीमा प्रशस्त पानी छ । पोखरीमा मत्स्यपालन गरिएको छ । पोखरीमा माछा मार्ने र माछा किन्ने मान्छेहरूको सधै भिड देख्न पाइन्छ।
५) तलको तालिकामा दिइएको तथ्याङ्कलाई अनुच्छेदमा रूपान्तर गर्नुहोस् :
भीमेश्वर विद्यालयको प्रवेशिकामा शत प्रतिशत नतिजा | |||
साल | जम्मा विद्यार्थी सङ्ख्या | छात्र | छात्रा |
२०६७ | ४४ | ३२ | १२ |
२०६८ | ४९ | ३१ | १८ |
२०६९ | ५३ | २८ | २५ |
२०७० | ६५ | ४१ | २४ |
२०७१ | ५९ | ३९ | २० |
अथवा
तलको अनुच्छेदमा दिइएका सूचाङ्कहरूलाई स्तम्भचित्रमा रूपान्तर गर्नुहोस्ः सरकारले आर्थिक वर्ष २०५६/०५७ देखि आर्थिक वर्ष २०५९/०६० का लागि लिएको राजस्व सङ्कलनको लक्ष्य र सोही बमोजिम गरेको राजस्व सङ्कलनलाई दृष्टिगत गर्दा आ.व. २०५६/०५७ मा ५२९८.७० को लक्ष्य भए पनि सङ्कलन ४२८९.३८ मात्र भएको, आ.ब २०५७/०५८ मा ५२९८.७० को लक्ष्य भए पनि सङ्कलन ४८८९.३६ मात्र भएको अनि आ.व. २०५८/०५९ मा ६०२५.१३ को लक्ष्य भए पनि सङ्कलन ५०४४,५५ मात्र भएको देखिन आउँछ । त्यसै गरी आ.व. २०५९/०६० मा ५७१५.०२ को लक्ष्य भए पनि सङ्कलन ५६२२.९८ मात्र भएको देखिन आउँछ भने आ.व. २०६०/०६१ मा लक्ष्य ६२२२.७० भएकामा सङ्कलन भने ६२३३.१० भएको देखिन आउँछ ।
५) तल दिइएको अनुच्छेदका रेखाङ्कित शब्दहरूले अनुच्छेदभित्रको संरचनामा के कस्तो व्याकरणिक संसक्त सम्बन्ध निर्देशन गरेका छन् ? स्पष्ट पार्नुहोस् ।
दलालहरू कानुनको उल्लङ्घन गर्ने गर्दछन् । यिनीहरू कानुनलाई आफ्नो हातमा लिन उद्यत हुन्छन् । यसो हुनु दण्डहीनताको अवस्था हो । यसर्थ दलाली क्रियाकलपति सरकार सचेत हुनुपर्छ । नत्र यसले राज्यलाई ठूलो हानि पु-याउन सक्छ ।
अथवा
तलको अनुच्छेदमा ‘वर' र 'इच्छा' शब्दका शब्दका समानार्थक र अनेकार्थक एक एक शब्द दिई तिनले अनुच्छेदमा कसरी कोशीय संशक्ति सिर्जना गरेका छन् ? स्पष्ट पार्नुहोस् ।
| पार्वतीले जङ्गलमा बसेर वर पाऊँ भन्नी कठोर तपस्या गरेकी थिइन् । उनको इच्छा शिवलाई पाउने थियो । उनको तपस्याबाट प्रसन्न भएका विष्णुले उनको मनसुवा पुरा गरिदिए ।
६) तल दिइएको गद्यांश पड़ी गद्यांशको अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
नेपालमा धार्मिक, सांस्कृतिक ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, जैविक, सामाजिक, शैक्षिक, कृषि, साहसिक, खेलकुद, होमस्टेजस्ता पर्यटनहरूमात्र नभएर महाभूकम्प र १० वर्षे राजनीतिक दूदुजस्ता विषयको पर्यटनको पनि सम्भावना छ । घाटु नाच होस् कि चर्या, थारू नाच होस् कि धान नाच, गाईजात्रा होस् कि तोरन्ला, माधी होस् कि गौरा पर्व, सगरमाथा होस् वा लुम्बिनी, पशुपतिनाथ होस् बा जनकपुर, वजी जम्प होस् या याफ्टिङ, जङ्गल सफारी होस् वा ट्रेकिङ सबैको आ-आफ्नै महत्व र आकर्षण छ । नेपाली पर्यटनमा अनगिन्ती सम्भावना छन् । ती सबैको स्वाद लिन अनगिन्ती पर्यटकहरू आउन सक्छन् र नेपालले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा धेरै फाइदा लिन सक्छ, अवसरहरू सिर्जना गर्न सक्नुपर्छ । पर्यटन भनेको एक व्यक्ति र संस्था मात्रको सहभागितामा एक व्यक्ति र संस्था मात्रलाई फाइदा दिने कुरा होइन, यो त धेरै व्यक्ति र धेरै संस्थालाई सहभागी गराएर धेरैले फाइदा बाँड्ने-लिने प्रक्रिया हो ।
तर पर्यटन उद्योगलाई राजनीतिक दल र नेता/कार्यकर्ता, सरकार, पर्यटन व्यवसायी, पर्यटन सम्वन्धी संघ/संस्था सबैले न्यून आँकलन गरेका छन् । पर्यटकीय सिजन सुरु हुनलागेको अवस्थामा आम मानिसहरू र बिदेशी पर्यटकहरूले संबिधान निर्माणपछि देशले निकास पाउनेछ, शान्ति सुव्यवस्था कायम हुनेछ, पर्यटन लगायत अन्य आर्थिक गतिविधिमा तीव्रता आउनेछ भन्ने अपेक्षा गरेका थिए । तर वैशाख १२ गते भएको महाभूकम्पले थिलथिलो पारेको नेपालको पर्यटनलाई तराई-मधेस लगायत देशका विभिन्न भागमा भइरहेका बन्द हडताल, हत्या, हिंसा, आगजनी, तोडफोड़लै अझ बढी जर्जर बनाएको छ । अनिश्चितता थपेको छ । यो अवस्थामा आक्रामक किसिमले पर्यटन प्रबर्द्धनमा लाग्न र क्षति भएका पर्यटकीय क्षेत्रको पुन निर्माण शीघ्र हुनु जरुरी छ । महाभूकम्पपछि पर्यटनलाई पुनः पहिलेकै अवस्थामा ल्याउन र अझ प्रभावकारी रूपमा पर्यटनको विकास गर्न जरुरी थियो । यसका लागि सरकारले पर्यटन पुनरुत्थान समिति गठन लगायत अन्य धेरै काम गर्न प्रतिबद्धता पनि प्रकट गयो, तर ती सबै कुरा कर्मकाण्डी मात्र बने । बोधप्रश्नहरू :
क, नेपालमा पर्यटनका के कस्ता सम्भावना रहेका छन् ?
ख. नेपालमा पर्यटकलाई आकर्षित गर्ने कुराहरू के कस्ता छन् ?
ग. पर्यटन उद्योगबाट कसरी फाइदा लिन सकिन्छ ?
घ, नेपालमा पर्यटन उद्योगलाई जर्जर तुल्याउने कारक तत्त्व के के हुन ?
ङ. पर्यटन प्रवर्द्धनमा सरकारको दायित्व के हुन सक्छ ?
७) तलको गद्यांश पढी गद्यांशको अन्त्यमा सोधिएका बहुवैकल्पिक प्रश्नहरूको सही । उत्तरमा रेजा (V) चिह्न लगाउनुहोस् :
मुद्राको परिमाण र लागतलाई परिवर्तन गरेर समय समयमा आफ्नो लक्ष्य पूरा गर्न केन्द्रीय बैंकले लिने मुद्रा प्रदायको नीतिलाई मौद्रिक नीति भनिन्छ । मुद्रा प्रदाय र व्याजदर जस्ता उपकरणहरू प्रयोग गरेर केन्द्रीय बैङ्कले मुद्राको परिमाणलाई नियन्त्रण गर्न सक्छ । यसबाट उच्च आर्थिक वृद्धि गर्ने, रोजगारीका अवसरहरूको । सिर्जना गर्ने, शोधनान्तर स्थिति अनुकूल बनाउने, मूल्य नियन्त्रण गर्ने र वित्तीय लन्तुलन कायम गर्ने जस्ता राष्ट्रिय लक्ष्यहरूमा सहयोग पुग्दछ । आर्थिक वृद्धि, रोजगारी र मूल्य स्थिति, ज्याला र मुद्रास्फीति जस्ता तत्वहरू एक आपसमा मेल नयान पनि सक्छन । उच्च आर्थिक वृद्धिदर हासिल गर्न उच्च लगानीको आवश्यकता पर्दछ । जुत्र लगानीका लागि मौद्रिक नीति पनि उदार हुनुपर्छ, उदार अर्थ व्यवस्थामा मौद्रिक नीति अन्तर्गत बैंक कर्जा सजिलो तरिकाले उपलब्ध गराइन्छ । यस अन्तर्गत बैमले बैकलाई दिने कर्जा, पुन, केन्द्रीय बैंक ट्रेजरी बिलको धितोमा बैंकहरूलाई दिने कर्जा अर्थात् रिपोरेट उदार हुनुपर्छ । तर उदार कर्जा नीतिबाट मुद्रा बढ्न जान्छ । यसरी मुद्राको परिमाणमा बृद्धि हुँदा मूल्य तथा शोधनान्तर स्थितिको स्थायीत्व. तालमेल नमिल्न सक्छ ।
अहिले नेपालको समस्या भनेको बढ्दो शोधनान्तर घाटा हो विगत केही बदिखि नेपालले लिएको आर्थिक उदारवाद र निजीकरण, बैङ्क र वित्तीय संस्थाहरूको स्थापनामा भएको वृद्धि, संस्थान र बैङ्कहरू बीचको आपसी प्रतिस्पर्धा, उपभोक्ताहरूमा शाएको सारामदायी र विलासी बस्तुहरू प्रतिको आकर्षण, मोटर, मोबाइल र घरजग्गा आदि क्षेत्रमा भएको लगानी र देशको अस्थिर राजनीतिले देशको आर्थिक क्षेत्रलाई गम्भीर असर पारेको छ ।
मौद्रिक नीति र वित्तीय नीतिका उद्देश्य प्रायः एकै जस्ता हुन्छन् । तसर्थ उद्देश्य प्राप्तिका लागि नौद्रिक तथा वित्तीय नीति दुवै प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने हुन्छ । उदार वित्तीय नीति छ भने त्यसको सँगसँगै मौद्रिक नीति पनि परिचालित हुनु जरूरी छ । उच्च आर्थिक दर हासिल गर्ने सबै विकासोन्मुख देशको प्रमुख आर्थिक लक्ष्य मानिन्छ । यसका लागि सरकार र निजी क्षेत्र सबै जिम्मेवार हुनुपर्दछ ।
प्रश्नहरू :
i) केन्द्रीय बैंकले मुद्राको परिमाथालाई कसरी नियन्त्रण गर्न सक्छ ?
(क) उदार आर्थिक नीति र मौद्रिक नीतिलाई कमजोर पारेर
(ख). मुद्रा प्रदाय, व्याजदर जस्ता उपकरणहरू प्रयोग गरेर
(ग) बैङ्कहरूलाई ऋण प्रवाह गरेर ।
(घ) शोधनान्तर स्थिति नियन्त्रण गरेर
ii) एक अर्कामा मेल नखान सक्ने कुराहरु के के हुन ?
(क) मुद्रा प्रदाय, व्याजदर र लगानी
(ख) रोजगारी, मुद्रास्फीति र व्याजदर
(ग) आर्थिक वृद्धि, रोजगारी, मूल्य स्थिति, ज्याला र मुद्रास्फीति
(घ) कर्जा, ब्याजदर र चुक्ता पूँजी
iii. मौद्रिक नीति केका लागि उदार हुनु जरूरी छ ?
। (क) निजी बैंकहरू खोल्नका लागि
(ख) वित्तीय अनुगमन गर्नका लागि
(ग) कठोर बित्तीय निति तर्जुमा गर्नका लागि
(घ) उच्च लगानीका लागि
iv) देशको आर्थिक क्षेत्रलाई असर पार्ने कारणहरू के के हुन् ?
(क) अर्थिक उदारवाद, निजीकरण, बैङ्क र वित्तीय संस्थाहरूको स्थापना | वृद्धि, बैहरू बीचको प्रतिस्पर्धा आदि ।
(ख) स्थायी सरकार, न्यून मात्रामा बैङ्कहरूको स्थापना आदि
(ग) जलस्रोतमा उच्च लगानी, रोजगारी, कृषिमा लगानी आदि
(घ) बन्द हड़ताल नियन्त्रण, विदेशी लगानी आदि ।
v) मौद्रिक नीति र वित्तीय नीतिका उद्देश्य हासिल गर्न के गर्नुपर्दछ ?
(क) मौद्रिक तथा वित्तीय नीतिलाई अलग रूपमा अगाडि बढाउनु पर्दछ ।
(ख) मौद्रिक नीतिलाई स्थगन गर्नुपर्दछ ।
(ग) मौद्रिक र वित्तीय नीति दुवैलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्दछ । r
(घ) केन्द्रीय बैंकको नीति परिमार्जन गर्नुपर्दछ ।
प्रश्न नं. ६ मा दिइएको दोस्रो अनुच्छेदबाट मुख्य भावलाई समेटी पाचवटा बूंदा टिपोट गर्नुहोस् ।
अथवा
प्रश्न नं. ६ मा दिइएको पहिलो अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस् । के शिक्षा नै राष्ट्रनिर्माणको मुख्य आधार हो भन्ने बिषयमा १५० शब्दसम्मको एक अनुच्छेद लेख्नुहोस् ।
अथवा :
तल दिइएको वृंदासारका आधारमा एउटा अनुच्छेद लेखी शीर्षकसमेत दिनुहोस्ः।
जीवनमा दु:ख हुने - अनावश्यक रूपमा दु:खको भयले आक्रान्त भइरहनु नहुने - अरूलाई पनि दु:खी बनाउनु आवश्यक नहुने - दु:खबाट मुक्ति सम्भव नभए दु:खलाई प्रेम गर्न सिक्नु पर्ने - जीवनमा मृत्यु अवश्यम्भावी भएकाले त्यसबाट दु:खी हुनु निरर्थक हुने - दुखलाई जीवनको महत्त्वपूर्ण पक्षका रूपमा लिनुपर्ने ।
१०. चौधरी समूहले विभिन्न स्वादमा उत्पादित चाउचाउ बिक्री गर्नका लागि प्रकाशित गर्ने सचित्र विज्ञापनको नमुना तयार पार्नुहोस्।
अथवा
आफू अध्ययनरत क्याम्पसका तर्फबाट बिजया दशमी तथा शुभ दीपावलीका अवसरमा प्रकाशित गर्ने शुभकामना तयार पार्नुहोस् ।
११.तल दिइएका शीर्षकहरूमध्ये कुनै एक शीर्षकमा ३०० शब्दसम्मको एउटा निबन्ध लेख्नुहोस् ।
(क) मेरो रमाइलो यात्रा
(ख) नेपालको जलस्रोत सम्पदा
(ग) बालश्रमः समस्या र समाधान
१२.आफू पढ्नै क्याम्पसले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमको उद्देश्यसँग केन्द्रि कार्यलाई समेटेर तयार पारिने प्रतिवेदनको नमुना लेख्नुहोस् ।
१३. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् :
(अ) तल दिइएको सूचनामा आधारित भई एक अनुच्छेदमा विश्वेश्वरप्रसाद कोइरालाको परिचय दिनुहोस् ।
जन्म | बि.सं १९ भदौ २४ गते | |
जन्मस्थान | बनारस, भारत | |
शिक्षा | बी. ए., बी.एल, उत्तीर्ण गरी स्नातकोत्तर तह सम्मको अध्ययन | |
सेवा | गृहमन्त्री (२००७), प्रथम जननिर्वाचित प्रधानमन्त्री (२०१६) | |
सम्मान | साहित्यिक पत्रकार सङ्घद्वारा अभिनन्दन (२०३८) | |
प्रकाशित कृति | थम प्रकाशित कथा - चन्द्रवदन (१९९२), कया सङ्ग्रहः दोषी चस्मा (२००६), श्वेतभैरवी (२०३९), उपन्यासः तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु, आमा र छोरा (२०४५) | |
मृत्यु | वि.सं. २०३९ साउन ६ गते, काठमाडौं |
(आ) तल टिपोट गरिएका बँदाका आधारमा कवि भूपि शोरचनका प्रवृत्तिहरूलाई एक अनुच्छेदमा लेख्नुहोस् :
- नेपाली कबिताको आधुनिक कालका प्रभावशाली-स्वच्छन्दावादी-प्रगतिवादी कवि
- सुरुमा सर्वहारा वर्गका पक्षमा कलम चलाएका
- पछि स्वच्छन्दतावादी प्रगतिवादी धारामा संलग्न
- मानवीय पीडाको अभिव्यक्ति गरी कविताको रचना
- व्यङ्ग्य र विद्रोह कविताको सबल पक्ष
- विद्यमान विकृति एबं बिसङ्गति, आर्थिक असमानता र यसले निम्त्याएका
- सन्त्रास र विकृतिप्रति चोटिलो व्यङ्ग्य प्रहार
- नेपालको प्राकृतिक सौन्दर्य वर्णन गर्न रुचाउने
- देशभक्त कबि
- विम्ब प्रयोगमा बेजोड
- सरल, सरस र काव्यात्मक भाषाशैलीका प्रयोक्ता
(इ) लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ' निबन्धको मुख्य भावलाई एक अनुच्छेदमा लेख्नुहोस् ।
१४) उपन्यासकार सरूभक्तका औपन्यासिक प्रवृत्तिहरू केलाउँदै आधुनिक नेपाली उपन्यासमा उनले पु-याएको योगदान उल्लेख गर्नुहोस् ।
अथवा
‘सत्ताको खोजमा' एकाङ्की पढिसकेपछि प्रयुक्त विषयवस्तु र त्यसले प्रस्तुत गरेको मुख्य भावको सान्दर्भिकता बारेमा प्रतिक्रियात्मका अभिव्यक्ति दिनुहोस् ।
Comments
Post a Comment