अनिवार्य नेपाली (३०१)
Exam, 2070
समय : ३ घण्टा
१. तल दिइएको अनुच्छेदमा प्रयुक्त रेखाङ्कित पदहरू शुद्ध गरी लेख्नुहोस्ः
पूर्णाङ्क कुनै पनि व्यक्तिको दानताको मूल्याङ्कन गर्ने मुख्य आधार विद्या महाबिद्यालएमा उसले गरेको उपलब्धि मात्र हुन सक्दैन । सबै मेधावि विड वास्तविक जीवनमा सृजनशील बन्न नसकेर पछाडि परेको र विद्यालयमा रहँदा । देखाउन नसकेका र जीवनको मध्यवस्थामा बा उत्तरार्दतिर पुगेर पनि बिशिस्ट रन सदस्य बन्न पुगेका व्यक्तिहरूको पनि कमी छैन । साथै टि यस्तो पनि देखिएको छ कि विद्यालयमा सिकेको अनि केही समयपछिनै सम्भवत अनुपयोगिसमेत हुन पुगेको उदाहरण पनि रहेका छन् ।
अथवा
तलको अनुच्छेदमा रेखाकित पदहरुको अक्षर सङ्ख्या छुट्याउनुहोस्ः
कुनै पनि टेनिभिजनका निम्ति सूचना | समाचार संकलन लेखन हथा सम्पादन तथा कार्यक्रम उत्पादन गरी सम्प्रेषण गर्ने तौरतरिकालाई टेलिभिजन पत्रकारिता भनिन्छ । टेलिभिजन श्रव्यदृश्य सञ्चार साधन हो । यसबाट प्रसारित हुने सामग्री एकैपटक सुन्न र हेर्न सकिन्छ। कुनै दुई प्रश्नको उत्तर दिनुहोस् ।
२ तल को अनुच्छेदमा रेखाइकित शब्दहरूको शब्द स्रोत छुट्याउनुहोस् :
क) (अ) यो दुनियामा धन नभएर पनि रमाइलोसँग जिन्दगी बिताउनेहरूको सङ्ख्या कम छैन । पुराना अलबम पल्टाएर हेर्दा पनि गरिबीका दिनलाई बिर्सेर आजको प्राप्तिलाई अहम् भूमिका मान्नेहरू पनि कम छैनन् । मानिस आखिर मानिस नै हो । जसलाई एउटै रूपमा हेर्न जति कोसिस गरे पनि स्वभाब, विचार, कामको प्रकृति, जीवन शैली र धन सम्पत्तिले सबैलाई किता कित्तामा छुट्याइ दिएको छ । यो यथार्थ हो, फाल्टु तर्क होइन ।
आ) तलको अनुच्छेदमा प्रयुक्त शब्दहरूको पदवर्ग छुट्याउनुहोस् ।
खासगरी शिक्षा क्षेत्रमा देखिएको घट्दो गुणस्तर राष्ट्रका सामु चुनौतीको विषय बनेर देखिएको छ । यस प्रकृतिको समस्यामा अभिभावकले पनि चासो दिनुपर्ने हो तर त्यसतर्फ चासो राखेको महसुस गर्न पाइएको छैन ।
ख) तलको अगुच्छेदको रेखाकित शब्दहरूको बनोट प्रक्रिया देखाउनुहोस्ः
असल राष्ट्रसेवक कर्मचारीले जनताको काम गर्दा, शिक्षकले विद्यार्थीलाई शिक्षा प्रदान गर्दा, उद्योगीले उद्योग गर्दा, सरकारले विकास कार्यक्रम उद्घोषण गर्दा, राजनेताने जनताप्रति उत्तरदायी भएर कर्तव्य पालना गदां, पारिवारिक जीवनमा घरको जेठो सदस्यले अभिभाबकत्व ग्रहण गर्दा ज्ञानी तथा विनयशील व्यक्तिले शिष्टाचार देखाउँदा कसैले पनि आश्चर्यचकित हुनु पर्दैन । |
ग) प्रश्न नं. २ 'क' र 'ख' मा प्रयोग भएका निम्नलिखित पारिभाषिक शब्हरुको सन्दर्भगत अर्थ खुल्ने गरी वाक्यमा परिवर्तन गर्नुहोस् ।
शब्दहरूको सन्दर्भगत अधं सुल्ने गरी वाक्यमा परिवर्तन गर्नुहोस् ।
कित्ता, जीवनशैली, गुणस्तर, राष्ट्रसेवक, शिष्टाचार ।।
३) कुनै दुई प्रश्नको उत्तर दिनुहोस् ।
(क) विदेशमा पर्न गएको भाइलाई होसियारी अपनाउने सल्लाह दिदै आज्ञार्थक भाबलाई समेटेर कम्तीमा पाँच वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
(ख) पूर्णभूतकालिक क्रियाको प्रयोग गरी कक्षा १२ को नतिजा प्रकाशन हुँदा मनमाउठेको भावलाई समेटी कम्तीमा पाँच वाक्यमा एउटा अनुच्छेद लेरुनुहोस् ।
(ग) तलका वाक्यहरूलाई एउटै दाक्यमा संश्लेषण गर्नुहोस्ः |
अन्नाहरू चकचक गर्छन् । बच्चाहरू केही नयाँ बस्तु देखें भने किनिदिन जिद्दी गर्छन् । वनाहरू आफ्नो माग पूरा नभए कराउन थाल्छन् । बच्चाहरूहुन थाल्छन् । बच्चाहरू अनियन्त्रित भएर भुइँमा लडीबुडी गर्छन् ।
४) तलको तालिकामा दिइएको तथ्याङ्कलाई अनुच्छेदमा रूपान्तर गर्नुहोस :
२०६८ को जम्मा जनसङ्ख्या २,६४,९४,५०४ | ||
मातृभापा । | जनसइया ।। | प्रतिशत |
नेपाली | १,१८,२६,९५३ | ४४.३३ |
मैथिली | ३०,६२,५३० | ११.६७ |
भोजपरी | १५,८४,९५८ | |
थारु | १५,८४,८५५ |
अथवा
तलको अनुछेदमा दिइएका सूचाङ्कहरूलाई स्तम्भचित्रमा रूपान्तर गर्नुहोस् । रिपब्लिक कलेजमा २०६६ सालदेखि २०६९ सालको शैक्षिक सत्रमा विभिन्न सहयमा भर्ना भएका बिद्यार्थीहरूको सडकायगत भर्ना सङख्यालाई दष्टिगत गद २०६६ मा विवाद सुगा ८३, वाणिज्य समहमा ७८ र मानविकी समूहमा १०७ जना रहेको छ भने २०६७ मा विशन समूहमा ९८, वाणिज्य समूहमा १०२ र मानविकी समूहमा ७६ जना रहेको देखिन्छ र मानविकी समूहमा ८९ रहेको पाइएको छ भने २०६९ मा बिज्ञान समूहमा ८३, वाणिज्य समूहमा १२० र मानविकी समूहमा ९२ जना रहेका छन् ।
५) तल दिइएको अनुच्छेदका रेखाङ्कित शब्दहरूले अनुच्छेदभित्रको संरचनामा के कस्तो व्याकरणिक संसक्ति सम्बन्ध निर्देशन गरेका छन् ? स्पष्ट पार्नुहोस् :
दसैंको बिदा पारेर साथिहरु घुम्न जाने योजना बनाए । उनीहरूले एक हप्ताको कार्यक्रम तय गरेका थिए । त्यसैले उनीहरूले नेपाल भित्रै भ्रमण गर्ने निधो गरे । यसो गर्दा उनीहरूको खर्च पनि कटौती भयो । यसले स्वदेशी पर्यटनलाई पनि सहयोग पुग्यो ।
अथवा
तलको अनुच्छेदका 'इच्छा' र 'अनौपचारिक' शब्दसँग आएका समानार्थक र विपरितार्थाक एक एक शब्द दिई तिनले अनुच्छेदमा सरी कोशीय संसक्त सूना गरेका छन् ? स्पष्ट पार्नुहोस् ।
विद्यार्थीमा रहेको प्रतिभाको कदर गरी उनीहरूको इच्छा र आवश्यकता अनुसार सिक्ने र सिकाउने प्रक्रिया अनौपचारिक शिक्षा हो । यस्तो शिक्षा विद्यालय वा मायाम्पलको औपचारिक संरचनाभन्दा बाहूय सञ्चालन हुन्छ । यस किसिमको शिक्षा सञ्चालन हुने स्थान, समय र अनधि लचिलो र समयानुकूल हुन्छ । यसमा सहभागीहरूकी रुचिलाई पनि ख्याल गरिन्छ ।
६) तल दिइएको गद्यांश पढी गद्यांशको अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:
। शरीरमा लाग्ने रोगहरू कुनैलाई पनि सानो सम्झनु हुँदैन । सानो सम्झदा बल्झेर त्यही रोग ठूलो हुन्छ । हिजोआज ठुलो प्रकृतिका रोगहरू त सामान्य बनिसकेका छन् । यसको उदाहरणमा रक्तचाप र मधुमेहलाई लिन सक्छौं । रक्तचापबाट ग्रसित व्यक्तिहरूको सङ्ख्या ठुलो छ । यसपछि मधुमेह रोगीहरूको सङ्ख्या बढ्दो छ । यो रोगलाई मन्दविषको रूपमा लिइन्छ । मधुमेहले शरीरका अन्यभागहरूका साथै आँखाको दृष्टिपर्दा (रेटिना)का र नसाहरूमा असर पु-याई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत बनाउँछ । यसलाई ड्राइटिक रेटिनोपेथी भनिन्छ । रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायुतन्तुले बनेको पारदर्शी झिल्ली हो । जसलाई नाङ्गो आँखाले देख्न सकिदैन । मधुमेहले असर गर्दा सुरमा रेटिनामा रक्तश्राव हुन्छ । यिन्लो पदार्थ जम्मा हुन्छ । समयमै उपचार नभए नयाँ नयाँ रक्तनसाको बृद्धिको साथै अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चने, उप्कने र जलबिन्दुको समस्या भई सधैका लागि दृष्टि गुम्ने खतरा पनि त्यत्तिकै हुन्छ । सुरुको अबस्थामा अवस्थामा बिरामीको कुनै पनि लक्षण देसिन, तर दृष्टि धमिलो हुँदा रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ जसबाट दृष्टि बचाउन धेरै नै गाह्रो हुन्छ । डाइबेटिक रेटिनोपेथीको कारण मधुमेह भएको १५ वर्षको अवधिमा २ प्रतिशत मधुमेहका बिरामी दृष्टिविहिन हुने र १० प्रतिशत ज्यादै न्यून दृष्टि हुने गरेको देखिएको छ।
खासगरि रेटिगामा छिटो असर देखा पर्ने अन्य कारणहरूमा सानै उमेरमा देखा पर्ने मधमेह, रगतमा बलुकोजको मात्रा नियन्त्रणमा नहुन, उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या, धूम्रपान सेवन, मोटोपन, रक्तअल्पता र गर्भावस्था प्रमुग्न्न मानिन्छन् । मधुमेहका विरामीका आँखामा देखा पर्ने अन्य समस्यामाआँखाको परेलामा पटकपटक खटिरा (आनो) देखापर्ने, दृष्टि तिमिर हुने, चस्माको पावर छिटो छिटो परिवर्तन हुने, आँसुको कमी (सुक्खापन बढ्ने, आँखाको सङ्क्रमण बढ़ी हुने, मोतीबिन्दु छिटो देखा पर्ने र जलबिन्दुको सम्भावना बढी हुन्छ । अतः यसरोगबाट बच्ने उपायमा चालिस वर्ष नाघेका र परिवारमा मधुमेह हुने व्यक्तिहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराइराख्नुपर्छ । प्रत्येक वर्ष कम्तीमा एक पटक आँखाको रेटिना परीक्षण गराउनुपर्छ । उच्चरक्तचाप, चिल्लोपनाको अधिकता, मृगौलामा असर भएका र धुम्रपान गर्ने व्यक्तिहरू तथा गर्भावस्थामा रेटिनामा असर धेरै देखा पर्ने हुँदा यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
बोधप्रश्नहरू:
(क) किन कुनै पनि रोगलाई सानो सम्झनु हुँदैन ?
(ख) मधुमेह रोगबाट आँखासम्बन्धी के कस्ता समस्याहरू उत्पन्न हुन सक्छन् ?
(ग) 'रेटिना' केलाई भनिन्छ ?
(घ) ४० वर्ष नाघेका र परिवारमा मधुमेह भएका व्यक्तिले के कुराको नियमित जाँचमा ख्याल गर्नुपर्छ ?
(ङ) शरीरमा देखिने कुन प्रकृतिका लक्षणहरूले रेटिनामा धेरै हदसम्म असर पुयाउँछ ?
७) तलको गद्यांश पढ़ी गद्यांशको अन्त्यमा सोधिएका बहुबैकल्पिक प्रश्नहरूको सही उत्तरमा रेजा (right) चिह्न लगाउनुहोस् :
मूल्य अभिवृद्धि कर वस्तु तथा सेवाको उपभोगमा लाग्ने अप्रत्येष्टा कर हो । करयोग्य बस्तुको उत्पादन, पैठारी तथा वितरणका तहमा लाग्ने करलाई मूल्य अभिवृद्धि कर भनिएको हो । यो कर उपभोक्ताको उपभोगबाट सङ्क्रनन गरिन्छ । वस्तु र सेवाको उत्पादन र पैठारीदेखि उपभोगसम्मको प्रत्येक शृङ्खलाको मूल्य भएको अभिवृद्धिको । चरणमा लाग्ने भएकाले यसले कर प्रणालीमा पारदर्शिता, कर सङ्कलन लागतमा न्यूनता र बजार मूल्यको नियमनमा पनि सहयोग पुगाउँछ । दर्तावाल व्यक्तिले आफ्नो व्यावसायिक खरिदमा तिरेको कर बिक्रीमा सङ्कलन गरेको करबाट कट्टा गरी बाँकी रहेको रकममात्र करका रूपमा दाखिला गर्नुपर्ने हुन्छ । मूल्य अभिवृद्धि कर प्रणालीमा करमाथि कर लाग्ने अवस्था रहँदैन । आयातमा सङकलन गरिने मुल्य अभिवृद्धि व्यवस्था भन्सार कार्यालयहरूबाट गरिन्छ । मुल्य अभिवृद्धि करअन्तर्गत ऐनले नै कर छुट हुने भनी तोकेका वस्तु वा सेवाबाहेक अन्य सबै बस्तु तथा सेवाको आयात, निर्यात र स्थानीय विक्री कारोबारमा १३ प्रतिशतको दरले कर लगाइन्छ । अत्यावश्यक र बेलचकदार माग भएका आम उपभोग्य तथा सेवालाई यस कर प्रणालीबाट मुक्त गरिन्छ। |
मूल्य अभिवृद्धि कर ऐन २०५२ ले निर्यातमा कर शून्य दर कायम गरेको छ । ऐनको अनुसूची १ मा उल्लिखित वस्तु तथा सेवाहरूमा कर छुट हुन्छ भने अनुसूची २ मा उल्लिखित बस्तु तथा सेवामा शून्य दर आकर्षित हुने व्यवस्था रहेको छ । यसको अतिरिक्त कारोबारको सीमा तोकिएकाले गर्दा साना व्यवसायीहरूले मूल्य अभिवृद्धि कर प्रयोजनका लागि दर्ता गर्नु अनिवार्य हुदैन ।
मूल्य अभिवृद्धि करको दर एकल वा बहुदर दुबै हुन सक्छ । कस्तो कारोबारलाई कुन दरले कर लगाउने भन्ने विषय राज्यको क्षेत्राधिकारमा पर्दछ । नेपालमा आयात गरिएको बस्तु र स्थानीय बिक्री कारोवारमा मानाङ्कको एकल दर कायम गरिएको छ । निकासी कारोबारमा शून्य दर कायम गरिएको छ । आवश्यकताअनुसार सालबसाल रूपमाआर्थिक ऐनमार्फत मूल्य अभिवृद्धि कर संशोधन गरी दर तथा अन्य व्यबस्थाहरू संशोधन गर्ने गरिएको छ । यसका अतिरिक्त आर्थिक ऐनले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले केही वस्तुहरूमा सङ्कलन गरेको मूल्य अभिवृद्धि करको निश्चित रकम फिर्ता
गर्ने समेत गरेको छ । विगतमा चिनी, मोबाइल, वनस्पति घिउ, तेल तथा कपडामा ' दिइएका छट तथा फिर्ता दिने व्यवस्थाले मूल्य अभिवृद्धि करको गाना दरमा विचलन,आएको छ । व्यवसायको प्रकृति र छिमेकी मुलुकको राजश्व तथा व्यापार नीतिले गर्दा व्यवसायीलाई प्रतिस्पर्धी बनाउन तथा प्रदेशी उद्योगको संरक्षणका लागि कुनै समयमा केही बस्तुका लागि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने गरेको पाइन्छ । बहुवैकल्पिक प्रश्नहरूः
(अ) मूल्य अभिवृद्धि कर कैलाई भनिन्छ ?
(क) उत्पादन, पैठारी तथा वितरणको तहमा लाग्ने कर
(ख) व्यबसायीले व्यवसाय सञ्चालन गरे वापत लाग्ने कर
(ग) बस्तु तरिद गदा वस्तुमा अकित मूल्य भन्दा अतिरिक्त लिइने कर
(ध) वस्तु तथा सेवाको उपभोगमा लाग्ने प्रत्यक्ष कर
(आ) कुन प्रकृतिको करमा दोहोरो कर लाग्दैन ?
(क) प्रत्यक्ष कर
(ख) आम्दानीमा लाग्ने कर
(ग) मूल्य अभिवृद्धि कर
(घ) सामान पैठारी गर्दा लाग्ने कर
(इ) ऐनको अनुसूची १ मा करसम्बन्धी के कुरा उल्लेख गरिएको हुन्छ ?
(क) करसम्बन्धी सैद्धान्तिक र नीतिगत करा. (ख) करप्रणालीको व्यावहारिक कार्यान्वयनका कुरा
(ग) कुन कुन वस्तु तथा लेवाहरू ना कर छुट गर्ने भन्ने कुरा
(घ) हुन कुन बस्तुहरुमा कर लिने भन्ने कुरा
(ई)मानाङ्कको एकल दर मूल्य अभिवृद्धि कर कस्तो कारोबारमा लागु गरिएको माना छ ?
(क) नेपालमा आयात गरिएको वस्तु र स्थानीय कारोबारमा (ख) निकासी रोवारमा (ग) आयात तथा निर्यात कारोबारमा । | (घ) आम उपभोक्ताले गर्ने उपभोग्य वस्तुको कारोबारमा
(उ) मूल्य अभिवृद्धि करको मानाङ्क दरमा के कस्तो अबस्थामा बिचलन आउँछ ?
(क) निश्चित वस्तुहरूमा लाग्ने करको छुट तथा फिर्ता दिने व्यवस्था भएमा (ख) व्यवसायीहरूले धेरैभन्दा धेरै कर तिर्नुपर्ने अबस्था रहेमा (ग) स्वदेशी व्यवसायीहरूलाई विदेशी व्यवसायीहरूसँग प्रतिस्पर्धा बनाउने
नीति निर्माण गर्नुपर्ने भएमा । (घ) वस्तुको मूल्य वृद्धि अस्वाभाविक रूपमा बृद्धि भएमा ।
(८)प्रश्न नं. ६ को 'क' मा दिइएको पहिलो अनुच्छेदबाट मुख्य भावलाई समेटी पाँचओटा बुंदा टिपोट गर्नुहोस् ।
अयवा
प्रश्न नं. ६ को ‘ख मा दिइएको पहिलो अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस् ।
(९)गरिबी निवारण कम गर्ने उपायका बारेमा १५० शब्दसम्मको एक अनुच्छेद लेख्नुहोस् ।
अथवा
तल दिइएको बैंदासारका आधारमा एउटा अनुच्छेद लेखी शीर्षकसमेत दिनुहोस् ।
यातायातका साधनहरूमा प्रयोग हुने प्रेसर हर्नवाट निस्कने ध्वनि - पुराना प्रकृतिका सवारी साधनबाट उत्पन्न ध्वनि - निर्माण कार्यका क्रममा उत्पन्न ध्वान - श्रव्य दृश्य सामग्रीमा प्रयोग हुने लाइ सिफरबाट उत्पन्न ध्वनि - औद्योगिक क्षेत्रमा प्रयोग भएका मैत्तिनहरूबाट उत्पन्न हुने ध्वनि - अनाबश्यक दुष्प्रभाव - निद्राको समयमा तनाब - सुन्ने क्षमतामा असर - मानसिक तथा शारीरिक कार्यक्षमतामा अलर • सामाजिक क्रियाकलापमा असर - बाताबरणमा असर - ध्वनि नियन्त्रणका लागि सम्बन्धित गर्ग, समुदाय र सर्वसाधारण नागरिकहरूका लागि सचेतना कार्यक्रम सन्चालन ।
१०) आन्तरिक फोहोर मैला व्यवस्थापनका लागि गा.बि.स.का तर्फबाट दिइने जनचेतनामूलक सूचनाको नमुना तयार पार्नुहोस् ।
अथवा
खेलकुद परिषद्का तर्फबाट नेपाली खेलाडीहरूले क्रिकेट खेलमा स्तरोन्नति गरेकोमा खुसी व्यक्त गर्दै दिइने 'बधाई ज्ञापन' को नमूना तयार पार्नुहोस् ।
११) तल दिइएका शीर्षकहरूमध्ये कुनै एक शीर्षकमा ३०० शब्दसम्मको एउटा निबन्ध लेख्नुहोस् ।
(क) लोडसेडिङः समस्या र चुनौती
(ख) नेपालको विकासमा पर्यटनको भूमिका
(ग) नेपाल: मेरो कर्मभूमि
१२) क्याम्पसले आयोजना गरेको शैक्षिक भ्रमणको उद्देश्यसँग केन्द्रित-कार्य सन्दर्भलाई समेटेर तयार पारिने प्रतिवेदनको नमुना लेख्नुहोस् ।
१३) कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः
अ) तल दिइएको सूचनामा आधारित भई एक अनुच्छेदमा शङ्कर लामिछानेको
परिचय दिनुहोस् ।
जन्म | : | वि.सं. १९८४ चैत्र २५ गते |
जन्मस्थान | : | काठमाडौंको जैसीदेवल |
: | आई.एस्सी. सम्म | |
: | गुठी अड्डाको खरिदार (२००६), नेपाल भारत संस्कृति केन्द्रका पुस्तकालयाध्यक्ष (२०१२), काव्य-प्रतिष्ठानका सदस्य सचिव (२०१३), जनसेवा चलचित्र भवनका प्रबन्धक (२०१७), क्युरियो पसलका मालिक (२०१८), घरेलु शिल्पकला बिक्री भण्डारका मुख्य प्रबन्धक (२०२१) र शङ्कर होटेल ट्राभल्स एण्ड टुर्सका अधिकृत (२०३०) | |
पुरस्कार | : | मदन पुरस्कार (वि.सं. २०२४) कति प्रकाशन : प्रथम प्रकाशित निबन्ध → हाम्रो समाजमा नारीको मूल्य (२००३), निबन्ध सङ्ग्रह : एब्स्ट्रयाक्ट चिन्तन प्याज (२०२४), गोधूलि संसार (२०२७), बिम्य प्रतिबिम्ब (२०२८), शङ्कर लामिछाने (२०३३) र शङ्कर लामिछानेका निबन्ध (२०५९), कथासङ्ग्रह : गौथलीको गुँड (२०२५) । |
मृत्यु | : | वि.सं. २०३२ माग २४ गते । |
आ) तल टिपोट गरिएको होदाका आधारमा निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका प्रवृत्तिहरूलाई एक अनुच्छेदमा लेख्नुहोस्:
- प्रथम आधुनिक निबन्धकार ।
- नेपाली समाज, संस्कृति, भाषा, साहित्य, कला आदिलाई बिषयबस्तु बनाएर निबन्धको रचना
- सचेत राष्ट्रवादी निबन्धकार
- नेपाली प्रकृतिका सुन्दर पक्षको आत्मपरक वर्णन
- युग सचेत र समाज सुधारक ।
- मानवतावादी र प्रगतिबादी स्वर
- विकृति र विसङ्गतिप्रति व्यङ्ग्य
- कवितात्मक गद्य शैलीको प्रयोग
इ) धीरेन्द्र प्रैमर्षिको ‘आँसु लुकाई परेलीमा' गजलको मुख्य भावलाई एक अनुच्छेदमा लेख्नुहोस् ।
| १४, 'चुली' उपन्यास पढिसकेपछि प्रयुक्त विषयवस्तुको सान्दर्भिकता बारेमा प्रतिक्रियात्मक अभिव्यक्ति दिनुहोस् ।
अथवा
‘सत्ताको खोजमा' एकाङ्कीमा अन्तर्निहित मूलभाव वा सन्देशको प्रभावकारिता माधि । प्रकाश पार्नुहोस् ।
Comments
Post a Comment