Exam. 2072
समय : ३ घण्टा पूर्णाङ्क : १००
------------------------------------------------------------------------------------------------------------------
१. तल दिइएको अनुच्छेदमा प्रयुक्त रेखाकित पदहरू शुद्ध गरी लेख्नुहोस् :
साना केटाकेटीहरूको तोतेबोलि आमाबाबुलाई मात्र होइनन जौकोइलाई मन पर्छ । साना नानीहरूको बोलिमा पाइने एक पर्कारको मिठासले आनन्दीत तुल्याउँछ । अभिभावकले आफ्ना सन्तानमा आफ्नो भविष्ये देखेका हुन्छन् । भनिन्छ छोराछोरी आमाबाबुको अर्को रूप हो । प्रर्तिकृति हो । त्यसैले त प्रतेक व्यक्ति आमाबाबु बन्ने सपना बुनेर शुखमये जीवन काट्न खोज्छ ।
अथवा
तलको अनुच्छेदमा रेखाकित पदहरूको अक्षर सङ्ख्या छुट्याउनुहोस्ः
मान्छे जन्मदै जो कोही ठूलो भएर जन्मेको हुँदैन । मिहनेत र परिश्रमले हुने हो । शरीर र धन कुलोको मापन होइन असल गुण र स्वभाव हो ।
२ )कुनै दुई प्रश्नको उत्तर दिनुहोस् ।
(क) (अ) तलको अनुच्छेदमा प्रयुक्त शब्दहरूको पदवर्ग छुट्याउनुहोस्ः
यदि कुनै व्यक्तिले खोला तरिसकेपछि लट्ठी बिर्सन्छ भने उसँग वस्तुको महतार र मूल्य बुझ्न सक्ने क्षमता कम छ भन्ने बुझ्नुपर्छ ।
(आ )तलको अनुच्छेदमा रेखाकित शब्दहरूको शब्द सोत छुट्याउनुहोस्ः
कसैको तगारो नननिकन इज्जतका साथ जागिर खाएर निवृत्त हुनेको सङ्ख्या कमै हुन्छ । जीवनमा सबै इज्जत र कदर चाहन्छन कारवाही होइन । यो बिगुल फुकेर भन्ने कुरा होइन मनन् गर्ने कुरा हो ।
(ख)तलका अनुच्छेदको रेखांकित शब्दहरूको बनोट प्रक्रिया देखाउनुहोस् ।
राष्ट्र निर्माणको यो ऐतिहासिक घडीमा राजनेता र जनता सबैले धैर्य राखेर काम गर्नुपर्छ । यस कार्यमा देशका प्रबुद्ध वर्ग, उद्योगी, व्यबसायी कानुनविद्ले आ-आफ्ना ठाउँबाट कर्तव्य पालना गर्नुपर्ने हुन्छ । प्रतिबद्ध भएर लागे असम्भब काम पनि सम्भब हुन्छ । यहाँ यस्तै विचार राख्ने सहदयी र सज्जन वर्गको खाँचो छ ।
(ग) प्रश्न नं. २ 'क' र 'ख' मा प्रयोग भएका निम्नलिखित शब्दहरूको सन्दर्भगत अर्थ खुल्ने गरी वाक्यमा परिवर्तन गर्नुहोस्:
बिगुल, ऐतिहासिक, प्रबुद्ध, निवृत्त, तगारो।
३ ) कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः
(क) पूर्णभूतकालिक क्रियाको प्रयोग गरी हालै भएको भूकम्प, परकम्पनबाट भएको त्रासमय जीवन र भौतिक सम्पत्तिको क्षतिको विषयमा कम्तीमा पाँच वाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
(ख) स्वस्थ जीवनका लागि अवलम्बन गर्न सकिने उपायहरुका बारेमा आवश्यक सल्लाह दिदै आज्ञार्थक भावलाई समेटेर कम्तीमा पांच बाक्यमा एउटा अनुच्छेद लेख्नुहोस् ।
(ग) तलका वाक्यहरूलाई एउटै बाक्यमा संश्लेषण गर्नुहोस्ः
यो जीवनले कति भोक सहेको छ, कति प्यास सारेको छ । कति उकाली औराली, अन्धकार, जङ्गल, यातना र दुःख सहेको छ । यी सब कुरा भोग्नु त पर्छ नै ।
४) तलको तालिकामा दिइएको तथ्याङ्कलाई अनुच्छेदमा रूपान्तर गर्नुहोस्ः |
२०७१ र २०७२ को बजार मूल्य | |||
२०७१ | २०७२ | ||
चामल साधारण प्रति के.जी | ५०/- | चामल साधारण प्रति के.जी. | ५५/- |
दाल (रहर) प्रति के.जी. | १७०।- | दाल (रहर) प्रति के.जी. | १९०।- |
चिनी प्रति के.जी. | ६८।- | चिनी प्रति के.जी. | ७०।- |
गहुँको पिठो प्रति के. जी. | ६०।- | गहुँको पिठो प्रति के. जी. | ५४।- |
ग्यास प्रति सिलिण्डर | १४७०/- | ग्यास प्रति सिलिण्डर | १४३५/ |
अथवा
तलको अनुच्छेदमा दिइएको सूचकलाई स्तम्भ चित्रमा रूपान्तर गर्नुहोस् ।
उपत्यका बाहिरका वयाम्पसहरूमा २०६९ २ देखि २०७२ सालको असारमसान्त सम्मको अनुमानित विधार्थी भर्ना दर / सङ्ख्यालाई दृष्टिगत गर्दा २०६९ मा विज्ञान समूहमा १०%, वाणिज्य समूहमा ३५, मानविकी समूहमा ३०% शिक्षा समूहमा २५%, रहेको छ भने २०७० मा विज्ञान समूहमा १३%, बाणिज्य समूहमा ३७%, मानविकी समूहमा ३२%, शिक्षा समूहमा २८%, रहेको छ । यसैगरी २०७१ मा विज्ञान समूहमा १६%, बाणिज्य समूहमा ३४%, मानविकी समूहमा २९% र शिक्षा समूहमा २१% रहेका छन् ।
५) तल दिइएको अनुच्छेदका रेखाङ्कत शब्दहरूले अनुच्छेदभित्रको संरचनामा के कस्तो व्याकरण सिक्ति सम्बन्ध निर्देशन गरेको छ । स्पष्ट पार्नुहोसः
यसपालि दसैको बिदामा मित्रहरूले विदेश यात्राको योजना बनाएका छन् । उनीहरूको विदेश यात्राको तालिका एक हप्ताको छ । यसरी एक हप्ताको यात्रामा उनीहरूले ठाउँ मात्रै हेर्ने होइन, प्रशस्त सामान पनि किन्ने योजना बनाएका रहेछन् । त्यसैले उनीहरू आफ्नो आन्तरिक व्यवस्थामा लागेका छन् । यसो गर्दा मित्रमण्डलीको यात्रा एकपन्थ दो काज जस्तै हुने भएको छ ।
अथवा
तलको अनुच्छेदका 'रोग' र 'उपचार' शब्दसँग आएका सार्थक र बिपरितार्थक शब्दको टिपोट गरी तिनले अनुच्छेदमा कसरी कोशीय संशक्ति सृजना गरेका छन् ? स्पष्ट पार्नुहोस् ।
मानिसको उमेर बढ्दै जाँदा उसलाई रोगले आक्रमण गर्न थाल्छ । रोगी जीवन कसैले बिताउनु नपरोस्, धेरै त उपचार गर्न नपाएर बिरामीकै अबस्थामा मृत्युको मुखमा पुग्छन् । जीवनलाई निरोगी बनाइ राख्न बेलैमा अस्वस्थकर जीवन शैलीबाट मुक्त रहेर स्वस्थकर आहारविहार अवलम्बन गर्नुपर्छ । त्यस्ता व्यक्तिको लागि त्यही नै औषधोपचार हो ।
६) तल दिइएको गद्यांश पढी गद्यांशको अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनहोलः ।
हिजोआज हरेक दिनजस्तो सञ्चारमाध्यममा सवारी दुर्घटनाका समाचारहर। आउने गर्छन् । दुर्घटनामा परेका व्यक्तिहरूको घटनास्थलमा, उपचारार्थ अस्पताल लाल थाटामा र उपचार गर्दागर्दै अस्पतालमा मृत्यु भएको दुखद समाचार सुनिन्छ । घाइते र अपाङ्ग भएकाको समाचार पनि त्यत्तिकै आउँछ । यस्ता दुर्घटनासंगै बाटो चन्द, घेराउ, चालक तथा खलासीमाथि कुटपिट नाराजलस, क्षतिपतिको माग आदि। समाचार र त्यसका कारणले सर्वसाधारणलाई कट र हैरानी आएको छ । वास्तवमा सवारी दुर्घना कसरी र किन हुन्छ, यस कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने बेला आएको छ । साँधुरा सडक, सवारी साधनको तीव्र गति, बाटो काट्ने । पदयात्रीहरूको असावधानी, ट्राफिक नियमको अज्ञानता र ज्ञात भए पनि बेवास्ता गर्ने । बानीले सहरी क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन् । सवारी साधनका छतमा समेत यात्री रारुने प्रवृत्ति, चालकको लापर्बाही, मदिरा सेवन, यात्री चढाउने तँछाडमछाडलाई दुर्घटनाका कारक मान्न सकिन्छ । राजमार्गमा चल्ने कतिपय सवारी साधनलाई । सिकारू चालकले तालिमको अवसरमा परिणत गर्छन् । यसबाट दुर्घटना हुने गरेका समाचार सुन्न पाइन्छ । कारण अरू पनि होलान्, यस्ता समान्य गल्तीले अमूल्य जीवन गुम्ने, बाँचे पनि अपाङ्ग बन्ने, दु:ख पाउने । यही कारणले गर्दा हुने भन्द, घेरा गाडी तोडफोड, चालकमाथि कुटपिट तथा सवारी साधनमाथि आगजनी जस्ता कार्य । कसैका लागि पनि प्रिय छैनन् ।
यातायातका साधनको सञ्चालन आम जनताको सुविधाका निम्ति गरिन्छ । यसलाई व्यवस्थित, नियमित र सुरक्षित बनाउनका निम्न चालक, यात्री र ट्राफिक प्रहरीले ध्यान दिएमात्र पनि दुर्घटनाको मात्रा कम गर्न सकिन्छ । तरकालै बाटो चौडा राम्रो र सुरक्षित गर्न नसकिएला तर मदिरा सेवन, यात्रीको कोचाकोच, चालकको विषको अस्वस्थ प्रतिस्पर्धा, जथाभावी बाटो काट्ने जस्ता प्रवृत्तिलाई घटाउन नसिकने होइन । राम्रो तालिम प्राप्त कुशल चालकले मात्र गाड़ी चलाउने गरेमा र कहाँ न । गतिले गाडी चलाउनु सुदिक्षत हुन्छ भन्ने विवेकपूर्ण सोचाइ राखेर चलाएमा निश्चय ने दुर्घटनाको मात्रा घट्न सक्छ ।
बोधप्रश्नहरूः
(क) सवारी दुर्घटनामा परेका व्यक्तिहरूको के कस्तो दु:खद समाचार पाइन्छ ?
(ख) सवारी दुर्घटनाका कारण जनताले कसरी हैरानी बेहोर्दै आएका छन् ?
(ग) सहरी क्षेत्रमा सवारी दुर्घटना हुनका मुख्य कारणहरू के के हुन् ?
(घ) कै कल्ता कुरामा ध्यान दिन सकेमा दुर्घटनाको मात्रा घटाउन सकिन्छ ?
(ङ) 'अमूल्य जीवन', 'सवारी दुर्घटना’ र ‘ट्राफिक नियम' शब्दका विचमा कस्तो अर्थयत सम्बन्ध रहेको पाइन्छ ?
७) तलको गद्यांश पढी गद्यांशका अन्त्यमा सोधिएका बहुबैकल्पिक प्रश्नहरूको सही उत्तरमा रेजा (right) चिह्न लगाउनुहोस् :
आधुनिक समाजको रुग्णताको उपचार मानिसको हृदय तथा मस्तिष्कमा आध्यात्मिक क्रान्ति ल्याएर मात्र गर्न सकिन्छ । सामाजिक विकृतिहरूलाई । सट्टनात्मक परिवर्तनहरूद्वारा निराकरण गर्न सकिन्न, निराकरणका यस्ता प्रयासहरु । सतही मात्र सिद्ध हुन्छन् । यस्तो प्रयासले या सम्पूर्ण संगठनलाई नै अस्वीकार गर्दछन् । या त एक प्रकारको सङ्गठनको सट्टामा अर्को प्रकारको संगठन स्थापित गर्दछन् । खास प्रभाबकारी उपचार आध्यात्मिक उपचार नै हुन सक्छ । प्रत्येक सामाजिक सङ्गठन वा संस्था कुनै न कुनै दर्शन वा धर्ममा आधारित हुन्छ । जुन सङ्गठन । वैचारिक आधारमा स्थापित भएको हुन्छ त्यसको मूल्याङ्कन उक्त सङ्गठनले लिएको असल वा खराब उद्देश्य र कार्यमा निहित हुन्छ साथै त्यसै अनुरूप नै त्यो सङ्गठन वा संस्था पनि त्यत्तिकै असल बा खराब हुन्छ । सुखको खोजीमा मानिस अनबरत सङ्घर्ष गर्छ, सुखलाई कसैले धन आर्जनसँग दाँजेका छन् । कसैले सन्तोषी जीवनसंग तुलना गरेका छन् । कसैले भौतिक विलासितालाई सुख मानेका छन् ।
मानव जातिलाई एक नयाँ आध्यात्मिक आधार आवश्यक छ । हाम्रो वर्तमान सामाजिक रोगको उपचार गर्न अपेक्षित आधार जति खेर भेट्टाउन सकियो त्यसै बखत त्यही नयाँ र बढी असल अध्यात्मिक जगमा मात्रै एउटा नयाँ र बढी सन्तोषप्रद समाजको स्वरूपको निर्माण गर्न सकिनेछ।
बहुवैकल्पिक प्रश्नहरूः-
i) आधुनिक समाजमा भित्रिएको विकृति कसरी कम गर्न सकिन्छ ?
(क) समाजमा सङ्गठित समुदाय निर्माण गरेर ।
(ख) आध्यात्मिक तथा भौतिक क्रान्ति गरेर
(ग) व्यक्तिको मन र मस्तिष्कमा आध्यात्मिक ज्ञान प्रबाह गरेर
(घ) आधुनिक संस्कतिको तिरस्कार गरेर ।
ii) निराकरणका लागि गरिने सतही प्रयास भन्नाले के बुझिन्छ ?
(क) अस्थायी रूपमा गरिने प्रयास
(ख) कामचलाउनका लागि गरिने प्रयास
(ग) स्थायी प्रवृत्तिको प्रयास
(घ) असफल प्रयास
iii) कुनै पनि सङ्गठन र संस्थालाई असल र खराब भनेर छुट्याउने आधार के हो ?
(क) सङ्गठनको गतिबिधि बा कार्य
(ख) सङ्गठनको भौतिक संरचना र स्वरूप ।
(ग) सङ्गठनमा सहभागिहरूको सङ्ख्यात्मक उपस्थिति
(घ) सङ्गठनको उद्देश्य र कार्यको प्रभाव
iv) सन्तोषप्रद समाजको स्वरूपको निर्माणको आधार केरलाई मानिएको छ ?
(क) आध्यात्मिकता
(ख) भौतिक सुख
(ग) आर्थिक सम्पन्नता
(घ) सामाजिक तथा सांस्कृतिक जीवन
v) सन्तोषी जीवनलाई केसँग तुलना गर्न सकिन्छ ?
(क) भौतिक सम्पन्नता ।
(ख) धन आर्जन ।
(ग) आध्यात्मिक विचार
(घ) थोरै पनि सङ्घर्ष नगरिकन बिताएको जीवन ।
८) प्रश्न नं. ६ को अनुच्छेदबाट मुख्य भावलाई समेटी पाँचओटा बूंदा टिपोट गर्नुहोस् ।
अथवा
प्रश्न नं. ६ को दोस्रो अनुच्छेदलाई एक तृतीयांशमा संक्षेपीकरण गर्नुहोस ।
९) मुलुकभित्र रोजगारीको सृजना गर्ने विषयमा १५० शब्दसम्मको एक अनुच्छेद लेख्नुहोस् ।
अथवा
तल दिइएका शब्दहरूको पदावली र उपवाक्य उपयोग गरी एउटा अनुच्छेद लेखी शीर्षकसमेत दिनुहोस् ।
ब्रम्हाण्ड, बैज्ञानिकहरू, ग्रह उपग्रहको अध्ययन, चन्द्रमामा मानव वस्तीको सम्भावना, आठओटा ग्रह, मङ्गलग्रहमा जीवको अस्तित्व हुन सक्ने, निरन्तर यो कार्य, यान, पृथ्वी पनि एउटा ग्रह, मङ्गल ग्रह पृथ्वीदेखि ५३ करोड ७० लाख किलोमिटर टाढा
१०. आफ्नो गाउँवस्तीमा भूकम्पबाट क्षति भएको विवरण र पुनर्निमाणका योजनामा लागि गा.वि.स. पीडित समूहका तर्फबाट एउटा निवेदन लेख्नुहोस् ।
अथवा
‘स्वस्थ वातावरण स्वस्थ जीवन' भन्ने जागरणमूलक सन्देशलाई स्थानीय तलका जनसमुदायमा पु-याउने एउटा सूचना तयार गर्नुहोस् ।
११) तल दिइएका शीर्षकहरूमध्ये कुनै एक शीर्षकमा ३०० शब्दसम्मको एउटा निबन्ध लेख्नुहोस् । (क) भूकम्प: एक प्राकृतिक प्रकोप
(ख) राष्ट्रियता नारा मात्र नबनोस ।
(ग) नेपाल: बहुपहिचानको मुलुक
१२) क्याम्पसले आयोजना गरेको खेलकुद कार्यक्रम र पुरस्कार वितरण कार्य-सन्दर्भलाई समेटेर तयार पारिने प्रतिवेदनको नमुना लेख्नुहोस् ।
१३. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् ।
अ) तल दिइएको स्रष्टाको परिचय सम्वन्धी अनुच्छेदलाई व्यक्तिवृत्तका ढाँचामा रूपान्तर गर्नुहोस् :
नाम | : | कृष्ण शाहि याात्रि |
जन्ममिति | : | वि.सं. २०३२ |
जन्मस्थान | : | कटारी, उदयपुर |
नाट्ययात्रा | : | चिसो बस्ती (२०४७) |
साहित्य लेखन | : | पटकथा लेखन, चलचित्र लेखन र रङ्गमञ्च सम्बन्धी अनुसन्धान |
शिक्षा | : | स्नातकोत्तर तह पत्रकारिता तथा आमसञ्चार(त्रि.बि) |
पत्रिका सम्पादन | : | ज्योतिपुञ्ज, थिएटर, नेपाल डट कम |
: | समय अवसान (२०६१), मान्छे । मान्छेहरू (२०६४), फुच्चे रोबोट (२०६५), अतिरिक्त यात्रा (२०६७) र जलपरी (२०६७) आदि। | |
पुरस्कार | : | सर्वोत्कृष्ट नाट्य निर्देशन (२०५८) |
आ) तल टिपोट गरिएका बँदाका आधारमा कबि हरिभक्त कटुवालका प्रवृत्तिहरूलाई एक अनुच्छेदमा लेख्नुहोस् :
आशावादी जीवन दृष्टि
स्वच्छन्दवादी कवि
सामाजिक विषमता, विकृति र विसङ्गतिप्रति व्यङ्ग्य र विद्रोहको स्वर
दुःख, पीडा र वेदना छटपटीको मार्मिक अभिव्यक्ति
सामाजिक सुधारको चाहना, जीवनका सङ्घर्ष, जटिल जीवन भोगाइको चित्रण
इ.)'कै नेपाल सानो छ ?' निबन्धमा अन्तर्निहित अर्थ पहिल्याउनुहोस् ।
१४, ‘चुली' उपन्यासमा प्रयुक्त भाषाशैली, शब्द चयन र प्रस्तुतिगत ढाँचाका विषयमा प्रतिक्रियात्मक भिव्यक्ति दिनुहोस् ।
अथवा
‘सत्ताको खोजमा' एकाङ्कीमा मूलभावको सान्दर्भिकताका बारेमा प्रकाश पार्नुहोस् ।
Comments
Post a Comment