Skip to main content

सम्पूर्ण कक्षाहरु पुन : सुचारु भयको सम्बन्धमा

BA first year cumpulsary nepali 2071 question paper _ T.U. question paper nepalii



|Exarm, 2071
समय : ३ घण्टा                          पूर्णाङ्क : १००
१. तल दिइएको अनुच्छेदमा रेखाकित शब्दहरू शुद्ध गरी पुनर्लेखन गर्नुहोस्ः ५
आफ्ना कुरा प्रस्ट विश्वास पुर्बक राख्न नसक्ने केटाकेटिहरू चुप लागेर आदेशको पालना त गर्लान् तर भित्रभित्रै पिरौन्निएर कुन्ठित भइरहेका हुन्छन् । ती आफ्ना अभीभावकलाई संमानको सट्टा घ्रिणा गर्छन् ।
अथवा
तल दिइएको अनुच्छेदमा भिन्न भिन्न अक्षर संरचना भएका ५ शब्द छनोट गरी तिनको अक्षर खण्ड छुट्याउनुहोस् :
अभीभावकहरूलाई जतिसुकै मन नपरे पनि परिवारमा नयाँ पुस्ताले राख्ने गरेको स्वतन्त्रताको आकाङ्क्षा स्वभाविक रूपमा हामी मान्छेको जीवनको अनिवार्य यथार्थ हो ।
२. . कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः २x५-१०
(क) निम्नलिखित अनुच्छेद पढी तलका प्रश्नको उत्तर दिनुहोस्ः
मेरो कोठामा हेर्नुहोस् - बुद्धको सानो मूर्ति छ, नेपालको नक्सा छ, स्वयम्भू र न्यातपोलको तसबिर छ, नेपाली टिकट र सिक्काहरू छन् ।
(अ) माथिको अनुच्छेदबाट तत्सम, तद्भव र आगन्तुक स्रोतका दुई दुई शब्द टिपोट गर्नुहोस् । ।
(आ) माथिको अनुच्छेदबाट भिन्न भिन्न पदवर्गका पाँच शब्द टिपोट गर्नुहोस् ।
(ख) तलको अनुच्छेदबाट व्युत्पन्न, समस्त र द्वित्व प्रकृतिका दश धाब्द टिपोट गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
नेपाली जनतामाथि लामो समयसम्म एकाधिकार शासन चलाउँदै आएको निरङ्कुशताको पक्षधर शक्तिका कारण यहाँ स्वतन्त्रताका निम्ति बारम्बार
भएका सङ्घर्षहरू अधुरा रहने गरेका छन् ।
(ग) प्रश्न नं. २ मा दिइएका अनुच्छेदहरूमा प्रयोग गरिएका निम्नलिखित शब्दलाई पारिभाषिक अर्थ खुल्ने गरी सन्दर्भपुर्ण वाक्यमा प्रयोग गर्नुहोस् ।
मूर्ति, नसा, एकाधिकार, सङ्घर्ष, निरङ्कुशता ।।
३)  कुनै दुई प्रश्नको उत्तर दिनुहोस्:     २*५=१०
(क) सामान्य वर्तमानकालका क्रियापदहरूको प्रयोग गरी कम्तीमा पाँच वाक्यमाआफ्नी तात्कालको दिनचर्यालाई समेटी एक अनुच्छेद रचना गर्नुहोस् ।
(ख) आज्ञार्थक क्रियापदहरूको प्रयोग गरी कम्तीमा पाँच बाम्यमा भाइलाई घरको कामकाज बारे सम्झाउँदै एक अनुच्छेद रचना गर्नुहोस् ।
(ग) तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् ।
आज बादल लागेको छ । लाज गर्मी पनि निकै छ । आज पानी पर्छ । आज सितल हुन्छ । आज सुत्न पाइन्छ
४.तल दिइएको ज्ञालिकालाई अनुच्छेदमा रूपान्तर गर्नुहोस् :


अथवा
तलको अनुच्छेदका सूचनालाई स्तम्भ चित्रमा रूपान्तर गर्नुहोस् ।
क्याम्पसन कलेजमा २०६८ मा विज्ञानमा ४००, वाणिज्यमा ३०० र मानविकीमा ५० जना विद्यार्थी थिए भने २०६९ मा विज्ञानमा ७००, बाणिज्यमा ५०० र मानविकीमा ८० विद्यार्थी भर्ना भए ।
५) तलको अनुच्छेद पढ़ी अन्यमा सोधिएका संसक्तिपरक सम्बन्धमा आधारित प्रश्नको वस्तुगत उत्तर दिनुहोस्ः सिर्जनात्मक लेखनलाई विशुद्ध राजनीतिको आँखाले हेर्दा लेखकमाथि ठूलो अन्याय हुन्छ । साहित्यमा आउँदा कतिपय कुरा रूपान्तरित हुन्छन् । कला र साक्षेप फरक हुन्छन् । कलामा स्थिति अघिल्तिर हुन्छ ऐना जस्तो । निष्कर्ष पाठकले निकाल्छ, पात्र आफैले पनि आफूलाई हेर्ने, बुझ्ने, आवश्यक परे सुधार्ने मौका पाउँछ । एउटा लेखकले सचेत बनाउने सम्म हो मान्छेलाई, आक्षेप लगाउँदैन ।
प्रश्नहरू:
क)  माथिको अनुच्छेदमा विपरीत अर्थ सम्बन्धमा रहेका दुई पद/पदाबली कुन हुन ?
ख) माथिको अनुच्छेदमा दोस्रो वाक्यमाथि प्रयुक्त ‘कतिपय कुरा' पदाबलीले सङ्केत गरेको सन्दर्भगत' अर्थ के हो ?
ग) माथिको अनुच्छेदमा अन्तर वाव्यात्मक संयोजनमा के कस्ता संयोजनको प्रयोग पाइन्छ ?
घ,) माथिको अनुच्छेदमा 'लेखक' शब्दका निम्ति प्रयोग गरिएका कुनै दुई पुनरूक्त कथन कुन कुन हुन् ? ङ)  माधिको अनुच्छेदमा 'सिर्जनात्मक लेखन' र 'विशुद्ध राजनीति' शब्दका समानान्तर अर्थसम्बन्धमा आउने पद के हुन सक्छन् ?

६)  तल दिइएको अनुच्छेद पढी अन्त्यमा दिइएको प्रश्नको सक्षिप्त उत्तर दिनुहोस्ः  १.५*५=७.५
ऋग्वेदलै संरचनात्मक कार्यगत चिन्तन दियो । त्यही कार्यगत चिन्तनको विभेदीकरणलाई विभिन्न पुराणहरूले पुरिदिए । त्यसैलाई भृगु ऋषि (इ.पं २००) को मनुस्मृतिले सामाजिक मूल्य बनाइदियो । राजा जयस्थिति मल्ल, राम शाह र जंग बहादुरका अनुदारवादी "सुधार योजना"ले राजनीतिक आधार दिए । सामन्ती संस्कारले विभेदीकरणलाई दिनचर्या बनाइदियो । त्यही संरचनामा दिइएको शिक्षाले विभेदी सोचकै पुनर्जन्म गराइ रह्यो । यरी हामीले विभेदीकरणको सोच जोकि रह्यौं । हाम्रो सोचले तल्लो र मल्लो जात बनाय रह्यो । पुरुष ठूलो र प्रकृति सानो भनि रह्यो । लोग्ने मानिस ठूलो र स्वास्नी मानिस सानो भनि रह्यो । दलित सानौ र गैरदलित ठूलो भनि रह्यौ । यिनै भनाइका परिणतिहरू हाम्रो गराइमा देखिए।
किन हाम्रो "गराइहरू" भत्किएनन् ? किनकि हामीसँग पितृसत्तात्मक सोच रयो, बंश पुरुषको माध्यमबाट सर्ने सोच, सम्पत्ति पुरुषले प्राप्त गर्ने सोच, स्त्रीको स्त्रीत्वमा पुरुषको मात्रै अधिकार हुने सोच । “चतुर धर्म"ले सिर्जेको विकृत संरकृति रह्यो । यसरी दलित महिलाहरू तीन तरीकाले शौषित भए महिला भएर पितृसत्तात्मक तुगले; दलित भएर जातीय ढङ्गले; दलितकी पनि छोरी भएर घरेलु ढङ्गले ।।
बोधप्रश्नहरूः
(क) संरचनात्मक कार्यगत चिन्तन भनेको के हो ?
(ख) विभेदीकरण अन्तर्गत के कस्ता विषय पर्दछन् ?
(ग) पितृसत्तात्मक सोच केलाई भनिन्छ ?
(घ) “चतुर धर्म" भनेको के हो ?
(ङ) दलित महिलाहरू कसरी शोषित भएका छन् ?

७) तलको अनुच्छेद पढी अन्त्यमा दिइएका बहुवैकल्पिक प्रश्नको सही उत्तर पहिचान गरी रेजा (5) चिह्न लगाउनुहोस् :      १.५*५=७.५
धर्मको एउटा प्रभाब परिवार तथा पारिवारिक सम्बन्ध, क्रियाकलाप आदिलाई अक्षुण्ण तथा बलियो राखनुमा रहेको छ । परिवारका कुनै सदस्यको भौतिक अवसान हुनु परिवारकै लागि ठूलो क्षतिको घटना हो। आदिमानबले यसलाई वड़ो गम्भीरताका साध लियो, कारण यस क्षतिले उसको हातमुख जोर्ने दैनिक क्रियाकलापमात्र होइन, उसले स्थापना र विकास गरेको सामाजिक व्यवस्था, सामूहिक क्रियाकलाप, योजना र कार्यक्रममा समेत अचानक सङ्कट परयो । परिवारको बृद्धि बा नेतृत्वमा रहेको व्यक्तिको मृत्यु भएमा त्यसले नेतृत्वमा पनि सङ्कट ल्यायौ । अत: मरेपछि पनि त्यस पुर्णाको देनलाई उसका सन्ततिले विर्सेनन् । फलतः पित्त वा पुर्खाको पूजाको प्रचलन सुरु भयो । विश्वका विभिन्न प्राचीन संस्कृतिमा यो प्रवृत्ति र परम्परा पाइन्छ भने धेरैजसो संस्कृतिमा पितृपूजा अहिले पनि महत्त्वपूर्ण धार्मिक विधि अनुसार सम्पन्न गरी धार्मिक कार्यको बा संस्कारको रूपमा मानिन्छ । प्राचीन ग्रीस, रोम, मिश्र, चीन आदि प्राचीन सभ्यतामा यो परम्परा धेरै सशक्त थियो । समाज बढी पितृसत्तात्मक ढङ्गले सङ्गठित रहेको सभ्यतामा पुरुष पितृलाई बिधि उपचारले प्रसन्न राखिन्थ्यो । भारतमा प्रवेश गरी हिन्दु सभ्यताको विकास गर्ने आर्यहरूले अनेक श्राद्ध तथा बिबिध विधिले पिण्द्ध, तर्पण आदिबाट पितृपूजा गर्ने र अन्य सभ्यतामा भने आवश्यक खाद्य, पेग तथा आरामका वस्तुहरू साथै राखी खन्येष्टि संस्कार सम्पन्न गर्ने परम्पराको पनि विकास भयो । ।
             पारिवारिक सङ्गठनमा विवाहको भूमिका महत्त्वपूर्ण हुन्छ । सामाजिक विकासका क्रममा मानिस विवाह गरेर परिवार बसाल्ने युगमा आएपछि विवाह, विवाह तिछेद आदि नियमहरू पनि बनाइए । प्रायः सङ्गठित धर्महरूले एक स्वरले विवाहको महिमा गाएका र विच्छेदलाई दु:खदायक ठानेका छन् । अतः रोमनसम्राट अगस्तसले बिबाह विच्छेद तथा पुनर्विवाहका कानुन एकैसाथ बनाएर लागु गरे । धेरै समाजमा विवाह धार्मिक विधिद्वारा सम्पन्न गरिन्छ । यसका साथै, वंशवृक्षको निरन्तरता बिबाहको मुख्य धर्म मानिन्छ।
बहुवैकल्पिक प्रश्नहरू:
i) पारिवारिक सम्बन्ध बलियो रहनाको मूल कारण के हो ?
(क) धार्मिक सांस्कृतिक आस्था
(ख) हातमुख जोर्ने समस्या ।
(ग), कुशल नेतृत्व
(घ) सामाजिक व्यवस्था ।
ii. पितृपजाको प्रचलन किन सुरु भएको होला ?
(क) नेतृत्वप्रतिको आस्था
(ख) पुर्खाको देनको स्मरण
(ग) धार्मिक-सांस्कृतिक संस्कार
(घ) वियोगको पीडाबाट मुक्ति
iii)  'पितृसत्ताको स्वास अर्थ के हो ?
(क) परिवारमा बाबुलाई ठूलो मान्छे मान्नु
(ख) मरेका पितृलाई पिण्ड पानी दिनु
(ग) महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिनु
(घ) पिताको नामबाट बंशविस्तार हुनु
Iv) पितृपुजाको उत्कृष्ट विधि के होला ?
(क) श्राद्ध र पिण्ड दान गर्नु
(ख) पितृको अन्त्येष्टिमा खाद्य पेय आदि बस्तु राख्नु
(ग) पितृलाई इम्झेर दान-दातव्य गर्नु
(घ) पितृका नाममा समाजको हित हुने कार्य गर्नु
v) पारिवारिक सम्बन्ध निर्माणमा धर्मले दिएको सबैभन्दा ठूलो योगदान के हो ?
(क) विवाह विधि
(ख) पितृपूजा
(ग) वैवान सम्बन्धको निरन्तरता
(घ) अन्त्येष्टि संसार
८)  प्रश्न नं. ७ मा दिइएको अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस् ।
९)  बेरोजगारी समस्या शीर्षका १५० शब्द सम्मको अनुच्छेद रचना गर्नुहोस् ।
अथवा
तल दिइएको बँदासारका आधारमा एउटा अनुच्छेद लैस शीर्षकसमेत दिनुहोस्
अदूरदर्शी नेतृत्व - व्यावसायिक शिक्षाको अभाव - सहर केन्द्रित विकासको मोडल - अनियन्त्रित जनसङ्ख्या वृद्धि - स्रोत र साधनको कमी ।।
१०)  क्याम्पसमा आफुसगै अध्ययन गर्ने साथी दुर्घटना परी दिवङ्गत हुँदा कक्षाका साथीहरूका तर्फबाट पत्रिकामा प्रकाशित गरिने समबेदना पत्रको नमुना बनाउनुहोस् ।
अथवा
नगरको सरसफाइका लागि नगरपालिकाबाट दिइने जनचेतनामूलक विज्ञापनको नमुना लेख्नुस । ११) निम्नलिखित विषयमा ३०० शब्द सम्मको निबन्ध लेख्नुहोस्ः
(क) नेपालमा पर्यटन विकासका सम्भावना (ख) नियन्त्रित अनसङ्ख्या वृद्धि (ग) नेपाली संस्कृति
१२) . तपाईको क्षेत्रमा बर्सेनि लाग्ने कुनै एक मेलाको धार्मिक - सास्कृतिक महत्त्व,
जनसहभागिताको विवरण - दिई त्यसलाई अझ बढी व्यवस्थित बनाउन अपनाउनु पर्ने *भाबी योजनाहरू समेत सुझाव दिई प्रतिवेदन लेख्नुहोस् ।
१३) तलका कुनै दुई प्रश्नको उत्तर दिनुहोस्:   २*५=१०
अ. 'तिम्रो र हाम्रो मन एक होओस्' कविताको पठन र आस्वादनपछि आफूमा परेको प्रभावलाई संक्षेपमा व्यक्त गर्नुहोस् ।
आ. 'कै नेपाल सानो छ' निबन्धमा देवकोटाले प्रस्तुत गरेको सानो' र 'ठूलो'को परिभाषामाथि टिप्पणी गर्नुहोस् ।
इ)  ‘गाउँमा गीतहरू गुञ्जिदैनन्’ कथाले प्रस्तुत गरेको सामाजिक परिवेशको बर्णन गर्नुहोस् ।
१४, ‘सत्ताको खोजमा' लघुनाटकमा नारी अस्मिताको कुन पक्ष उद्घाटित भएको छ ? विवेचना गर्नुहोस् । अथवा
| १० ‘चुली' उपन्यासले नेपालको हिमाली जनजीवनलाई कसरी चिनाएको छ ? विवेचना गर्नुहोस् ।

(समाप्त)

Comments

Popular posts from this blog

Introduction of Microsoft Excel And important formulae

माइक्रोसफ्ट एक्सेल स्प्रिडसीटमा आधारीत एकदमै बहुचर्चीत उपयोगी प्रोगाम हो । माइक्रोसफ्ट एक्सेल सर्वप्रथम  १९८५ , सेप्टेम्बर ३० लन्च गरिएको थियो । एउटा एक्सेल सिटभित्र १०४८५७६ रो अनि १६३८४ ओटा कोलम हुने गर्दछ । यो सफ्टवेरको प्रयोग गरेर मुख्यत तपाईले डाटा इन्ट्रिको लागि प्रयोग गर्न सक्नुहुनेछ । यो प्रोगाम कुनै पनि व्यवसायि , कर्मचारी वा विद्यार्थी ,म्यानेजर , वितरक , गृहणी सबैको लागि एकदमै उपयोगि छ । यो सफ्टवेर पनि अफिस प्याकेज अन्तर्गत पर्ने अत्यन्तै महत्वपुर्ण प्रोगाम हो । यो प्रोगामको प्रयोग गरेर हामी हिसाबकिताबका काम गर्ने देखि , विभिन्न किसिमका चार्टहरु तयार पार्ने काम एकदमै छिटो तथा सरल रुपमा गर्न सकिन्छ । यसको प्रयोग गरेर गणितिय कामहरु , आर्थिक हिसाबकिताब , डाटाको विश्लेषण जस्ता विभिन्न कार्यहरु गर्न सक्निछ ।  माइक्रोसफ्ट एक्सेलको परिचय ः  माइक्रोसफ्ट एक्सेलका के के कस्तो क्षेत्रमा   प्रयोग गर्न सकिन्छ भन्ने विषयमा तल बुदागत रुपमा स्पष्टरुपमा राखिएको छ ।  १) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट एक्सेलको प्रयोग शिक्षकहरुले विभिन्न किसिमका टेबल स्टाइल , से...

Introduction of Microsoft word

माइक्रोसफ्ट वर्ड परिचय Introduction of Ms Word यो प्रोगाम अफिस प्याकेजभित्र पर्ने एउटा महत्वपुर्ण सफ्टवेर हो । यसको प्रयोग गरेर हामी विभिन्न किसीमका टाइपिङ्ग सँग सम्बन्धित कामहरु गर्न सकिन्छ । जस्तै क्वेशन पेपर टाइपिङ्ग , प्रमाणपत्र डिजाइन , डकुमेन्ट टाइपिङ्ग ,बायोडाटा , रीपोर्ट तयार पार्न ,  बुक डिजाइनिङ्ग सँग सम्बन्धित कामहरु गर्न जस्ता कयौ कामहरु गर्न सकिन्छ । सकिन्छ । यसको प्रयोग गरेर आवश्यकताअनुसारको अफिसियल डकुमेण्टहरु तयार पार्न सकिन्छ । माइक्रोसफ्ट वर्डका केही महत्वपुर्ण कार्यहरु (Some Important Task of Microsoft Word ) १) बिजनेस वा कार्यक्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग  यसको प्रयोग गरेर अफिसियल डकुमेण्ट , बिल , लेटरप्याड , निवेदन जस्ता पावरफुल कामहरु गर्न सकिन्छ । यसको प्रयोग गरेर अफिस तथा कुनै पनि व्यवसायसँग सम्बन्धित कार्यहरु सजिलै गर्न सकिन्छ । २) शिक्षाको क्षेत्रमा माइक्रोसफ्ट वर्डको प्रयोग यो विशेषत शिक्षकहरुको अत्यन्तै उपयोगि सफ्टवेर हो । यसको प्रयोग शिक्षकहरुले आफ्नो लागि पाठयोजना तयार पार्न सक्छन । साथै विद्यार्थिहरुलाई सरल तरिकाले पढाउनको लागि सेप, वर्डआर्...

Introduction of computer

कम्प्युटरको परिचय  कम्प्युटर भनेको कुनै  पनि काम कार्यहरुलाई छिटो छरीतो ढङगले सम्पादन गर्न विकास गरिएको यन्त्र हो । यसलाई नेपालीमा सुसाङख्य यन्त्र पनि भनेर भन्ने गरिन्छ । यसको प्रयोग भनेको विभिन्न किसिमका क्षेत्रहरुमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग गरेर जस्तोसुकै डाटा एनालाइसिस , डिजाइनिङ , प्रोगामिङ जस्ता सम्पुर्ण कार्यहरु सजिलै गर्न सकिन्छ ।  Full Form of COMPUTER C= Common O= Oriented M= Machine P= Particularly U= United and used under T= Technical and E= Educational R= Research. कम्प्युटरका प्रकारहरु  आज बजारमा विभिन्न किसीमका कम्प्युटरहरु उपलब्ध छन । कुनै पनि क्षेत्रसँग सम्ब्न्धित साधारण देखि एकदमै शक्तिसाली सुपरकम्प्युटरसम्म बजारमा उपलब्ध छन । आजभोली पामटम कम्प्युटर , ल्यापटप कम्प्युटर , डेस्कटप कम्प्युटर , सुपर कम्प्युटर जस्ता विभिन्न कम्प्युटरहरु उपलब्ध छन । यिनिहरुको विभिन्न क्षेत्रमा आफ्नै तरिकाले प्रयोग हुने गर्दछ । जस्तै सुपर कम्प्युटरहरुलाई खोज तथा अनुन्धान , वा क्लाउड स्टोरेज जस्ता कार्यहरुमा प्रयोग गरिन्छ भने , पर्शनल डेस्कटप कम्प्युटरहरुलाई व्यक्ती...